YouVersion Logo
Search Icon

भजनसंग्रह 141

141
साँझको प्रार्थना
1परमप्रभु, म तपाईंलाई पुर्कादछु, मलाई अहिले सहायता गर्नुहोस्!
मैले तपाईंलाई पुकार्दा मेरो बिन्‍ती सुन्‍नुहोस्।
2 # प्रकाश 5:8 मेरा प्रार्थना धूपझैँ
र मेरा उचालिएका हात साँझका बलिझैँ ग्रहण गर्नुहोस्।
3हे परमप्रभु, मेरो मुखमा पहरा खटाउनुहोस्।
मेरो ओठको ढोकामा रखवाली गरिदिनुहोस्।
4मलाई दुष्‍ट काम गर्ने इच्‍छा गर्नदेखि
र दुष्‍टहरूका दुष्‍टतामा साथ दिनदेखि बचाउनुहोस्;
तिनीहरूका भोज-भतेरमा म कहिल्‍यै नबसूँ।
5असल मानिसले मलाई दण्‍ड देऊन् र दयाले हकारून्,
तर दुष्‍ट मानिसबाट म आदर पनि कहिल्‍यै लिनेछैनँ
किनभने तिनीहरूका दुष्‍ट कामका विरुद्धमा मैले सधैँ प्रार्थना गरिरहेको छु।
6तिनीहरूका शासकहरू चट्टानका पहाडदेखि फ्‍याँकिंदा
मानिसहरूले मेरा कुरा साँचो रहेछ भनी मान्‍नेछन्।
7दाउरा चिरेर टुक्रा-टुक्रा पारेझैँ
चिहानका किनारमा तिनका हड्डीहरू फ्‍याँकिएका छन्।
8तर म तपाईंमा भरोसा गरिरहन्‍छु, मेरा सार्वभौम परमप्रभु!
म तपाईंको सुरक्षा चाहन्‍छु,
मलाई मर्न नदिनुहोस्।
9तिनीहरूले थापेका धरापदेखि,
ती दुष्‍ट काम गर्नेहरूले बिछाएका जालदेखि मेरो सुरक्षा गर्नुहोस्।
10दुष्‍टहरू आफूले थापेको पासोमा आफैं परून्,
मचाहिँ कुशलसित उम्‍कन पाऊँ।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in