YouVersion Logo
Search Icon

भजनसंग्रह 142

142
सहायताको लागि प्रार्थना
1म परमप्रभुलाई सहायताको निम्‍ति पुकार्दछु,
म उहाँसँग अन्‍तरबिन्‍ती गर्दछु।
2मेरा सबै उजुरहरू म उहाँकहाँ ल्‍याउँदछु,
मेरा सबै कष्‍टहरू म उहाँलाई सुनाउँदछु।
3म शिथिल भएको अवस्‍थामा मैले के गर्नुपर्छ, उहाँले जान्‍नुहुन्‍छ।
म हिँड्‍ने बाटोमा मेरा शत्रुहरूले मलाई एउटा पासो थापेका छन्।
4मैले छेउमा हेर्दा मलाई सहायता गर्ने कसैलाई देख्‍दिनँ,
मेरो रक्षा गर्ने कसैलाई पाउँदिनँ,
मलाई कसैले वास्‍ता गर्दैनन्।
5हे परमप्रभु, म सहायताको लागि तपाईंलाई पुकार्दछु,
परमप्रभु, तपाईं मेरो रक्षक हुनुहुन्‍छ,
यो जीवनमा म तपाईंलाई मात्र चाहन्‍छु।
6सहायताको निम्‍ति मेरो पुकार सुन्‍नुहोस्
किनभने म मनको पीडामा डुबेको छु,
मेरा शत्रुहरूदेखि मलाई बचाउनुहोस्,
तिनीहरू मेरा लागि साह्रै बलिया भए।
7मलाई मेरो दु:खबाट छुटकारा दिनुहोस्,
तब तपाईंका प्रजा भेला भएको सभामा म तपाईंको प्रशंसा गर्नेछु
किनभने तपाईंले मेरो भलाइ गर्नुभएको छ।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

Video for भजनसंग्रह 142