भजनसंग्रह 140
140
सुरक्षाको लागि प्रार्थना
1हे परमप्रभु! मलाई दुष्ट मानिसहरूदेखि बचाउनुहोस्,
हिँसक मानिसहरूदेखि मलाई जोगाउनुहोस्।
2तिनीहरूले सधैँ दुष्ट जाल रचिरहेका हुन्छन्,
सधैँ झगडा लाइरहेका हुन्छन्।
3 #
रोमी 3:13
तिनका जिब्राहरू विषालु साँपझैँ हुन्छन्,
तिनका बोलीहरू गोमन सर्पका विषझैँ छन्।
4दुष्टहरूको शक्तिदेखि मेरो रक्षा गर्नुहोस्, हे परमप्रभु!
मलाई पतन गराउन जाल गर्ने
हिँसक मानिसहरूदेखि मलाई जोगाउनुहोस्।
5घमण्डी मानिसहरूले मलाई पासो थापेका छन्,
तिनीहरूले आफ्ना जाल बिछाएका छन्
र मलाई समात्न बाटोभरि पासो थापेका छन्।
6म परमप्रभुलाई भन्दछु, “तपाईं मेरा परमेश्वर हुनुहुन्छ।”
परमप्रभु, सहायताको लागि मेरो पुकार सुन्नुहोस्।
7हे सार्वभौम परमप्रभु, मेरा शक्तिशाली रक्षक,
लडाइँमा तपाईंले मेरो रक्षा गर्नुभएको छ।
8परमप्रभु, दुष्टहरूले चाहेका कुरा नदिनुहोस्,
तिनीहरूका जाल-झेल विफल होस्!
9मेरा शत्रुहरूलाई जित्न नदिनुहोस्,
तिनीहरूले मलाई दिएका धम्कीहरू तिनीहरूमाथि नै परून्।
10जलिरहेको आगोका भुङ्ग्राहरू तिनीहरूमाथि खसून्,
तिनीहरू खाडलमा फालिऊन्
र त्यहाँबाट कहिल्यै निस्कन नसकून्!
11अर्कालाई झूटो दोष लगाउनेहरू सफल हुन नपाऊन्,
हिँसक मानिसहरूमाथि आपत् आइलागोस् र तिनीहरू नष्ट होऊन्।
12हे परमप्रभु, म जान्दछु कि तपाईंले दरिद्रहरूका पक्षका कुरा
र दु:खीहरूका हकको रक्षा गर्नुहुन्छ।
13धर्मीहरूले साँच्चै तपाईंको प्रशंसा गर्नेछन्,
तिनीहरू तपाईंको उपस्थितिमा बास गर्नेछन्।
Currently Selected:
भजनसंग्रह 140: सरल नेपाली
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.