प्रज्वलितः साहसिक प्रार्थनाको लागि एउटा सरल निर्देशिकाSample

परमेश्वरले त्यसमा चासो दिनुहुन्छ
हामी कुनैपनि कुराको लागि प्रार्थना गर्न सक्छौं। जसरी क्रीष्टिन केनले भन्नुभएको छ, "यदि यो तपाईंको लागि महत्त्वपूर्ण छ भने, यो परमेश्वरको लागि महत्त्वपूर्ण छ।" यदी त्यो कुरा हाम्रो चासोको कुरा वा चिन्ताको विषय हो भने, त्यस विषयमा हामी प्रार्थना गर्नसक्छौं।
पावलले फिलिप्पी ४ः६-७ मा यसरी उत्साह दिन्छन्, "कुनै कुरामा चिन्तित नहोओ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवादसहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर होऊन्, र समझले नै भियाउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नेछ" (NNRV)।
हामीले के को विषयमा प्रार्थना गर्नसक्छौं? पावलको जवाफ स्पष्ट छः सबैको थोकको लागि! परमेश्वरको अघि आउने कुनैपनि विषय अति सानो हुँदैन। र "कुनै कुरामा चिन्तित नहोओ" भन्न यि शब्दहरू हामीले भोग्ने कुनैपनि कठिन स्थितिको लागि सहानुभूति रहित शब्द जस्तो लाग्छ, तर याद गर्नहोस् कि पावलले यी शब्दहरू जेलमा हुँदा लेखेका हुन्।
उनले हामीलाई "चिन्ता नगर, खुशी होऊ" भन्ने मन्त्र रटाएका होइनन्। हाम्रो परिस्थितिको वास्तविकलाई वेवास्ता गर्नु वा सानो बनाउनु भनेको गैह्र जिम्मेवार जस्तो देखिन्छ। तर त्यहाँ एउटा यस्तो मार्ग छ हाम्रो लागि कि जसद्वारा हाम्रो चिन्ता र तनावको बिचमा पनि हामी परमेश्वरको शान्ति र शक्तिको अनुभव गर्नसक्छौं र त्यसैकारण पावलले हामीलाई "परमेश्वरमा हाम्रो बिन्तिहरू जाहेर गर्नु" भन्ने उत्साह दिन्छन्।" हो, परमेश्वर सक्रिय रूपले समस्त ब्रहमाण्डको र संसारको प्रमुख समस्याहरूको वास्ता गर्न संलग्न हुनुहुन्छ, तर हाम्रो स्वर्गिय पिता त्यति नै उहाँको छोराछोरीहरूको जीवनको सानो सानो कुराहरूः हाम्रो काम, सम्बन्धहरू, भावनाहरू, डरहरू, र दैनिक गतिविधिहरूमा पनि संलग्न हुनुहुन्छ र चासो दिनुहुन्छ।
परमेश्वरले तपाईंलाई देख्नुहुन्छ, परमेश्वर तपाईंलाई चिन्नुहुन्छ, र परमेश्वरले साँच्चै नै तपाईंको वास्ता गर्नुहुन्छ। यदि कुनैकुरा तपाईंलाई सरोकार हुन्छ भने, त्यो परमेश्वरको सरोकार हुन्छ। त्यसैले, त्यसको विषयमा प्रार्थना गर्नुहोस्!
प्रार्थना
पिता, चराहरूलाई खुवाउने र लिलीहरूलाई पहिराउने विषयमा वास्ता गर्नुभएको लागि धन्यवाद, र त्यो भन्दा बढी तपाईंले मेरो जीवनको र मेरो हृदयका कुराहरूको सानो सानो कुरालाई पनि कति वास्ता गर्नुहुन्छ। आज, मेरो ध्यानमा भएका कुराहरूलाई तपाईंको अघि बताएको छुः कृपया यि कुराहरूमा तपाईंको बुध्दि, उपस्थिति र शक्ति देखाउनु होस्। र जसरी मलाई चासो भएका कुराहरूलाई तपाईंले पनि त्यति नै चासो दिनुहुन्छ, म यो बिन्ति गर्छु कि तपाईंलाई चासो भएका कुराहरू प्रति मेरो ध्यान र चासो बनाइ दिनुहोस्। तपाईंको राज्य स्वर्गमा जस्तै यस पृथ्वीमा आओस्। आमेन।"
Scripture
About this Plan

प्रार्थना एउटा उपहार हो, हाम्रो स्वर्गीय पितासँग सम्बन्धमा हुने कस्तो अतुलनीय अवसर। यस ६-दिने योजनामा, हामी पत्ता लगाउने छौं कि येशूले हामीलाई प्रार्थनाको विषयमा के सिकाउनु भयो र निरन्तर र एकदम साहससँग प्रार्थना गर्नको लागि प्रेरित बन्नेछौं।
More
Related Plans

One New Humanity: Mission in Ephesians

HEAL BOLDLY: Healing Is Holy Work - a 5-Day Devotional Journey for Women Ready to Heal, Grow, and Rise

Losing to Win, Serving to Lead, Dying to Live

What Does God Want Me to Do Next?

Strategy: The Strategic Faith of Caleb in Overcoming the Giants – a 5-Day Devotional by Allma Johnson

Forever Forward in Hope

Inspire 21-Day Devotional: Illuminating God's Word

Lead Boldly: Leading From Wholeness, Not Wounds

Holy, Not Superhuman
