प्रज्वलितः साहसिक प्रार्थनाको लागि एउटा सरल निर्देशिकाSample

प्रार्थना गर्ने छ तरिकाहरू
यदि तपाईंले "कसरी प्रार्थना गर्ने" भन्ने विषयमा इन्टरनेट खोज गर्नुभयो भने, तपाईंले प्रार्थनाको विषयमा हजारौं नभएपनि सैयौं विचारहरू, अभ्यासहरू, र सिद्धान्तहरू पाउनु हुनेछ। प्रार्थना गर्ने कुनै एउटा सहि तरिका छैन, तर यहाँ केहि सहयोगी निर्देशिकाहरू छन्ः
एउटा निर्धारित समयहरूमा र स्वभाविकरूपले प्रार्थना गर्नुहोस्प
रमेश्वरसँग एउटा निर्धारित समय राख्नु र कुनैपनि समय भेट्न सकिने क्षणहरू बनाउनु महत्त्वपूर्ण छ। धर्मशास्त्रले हामीलाई निरन्तर प्रार्थना गर्न उत्साह दिन्छ (१ थेसलोनिकी ५ः१७)। तपाईंले जहाँ सक्नुहुन्छ त्यहाँ, जसरी सक्नुहुन्छ त्यसरी प्रार्थना गर्नुहोस्!
एक्लै र अरूहरूसँग प्रार्थना
गर्नुहोस् जब हामी परमेश्वरको आवाजलाई सुन्न गाह्रो हुन्छ, तब हामीसँगै प्रार्थना गरिदिने मित्रहरू हुनु राम्रो हुन्छ। बाईबलमा, हामी देख्छौं कि परमेश्वर एक्लै प्रार्थना गरिरहेकाहरूसँग (मत्ती ६ः६), एकअर्कासँग प्रार्थना गरिरहेकाहरूसँग (मत्ती १८ः२०), र एकसाथ मण्डलीको रूपमा प्रार्थना गरिरहेकाहरूसँग (प्रेरित २ः४२) भेट्नु भएको छ।
प्रभुसँग शान्त सँग र करारएर प्रार्थना गर्नुहोस्त
पाईंको प्रार्थना सुनिने गरि गर्नुहोस्, तपाईंले एक्लै प्रार्थना गरिरहनु हुँदा पनि। यसो गर्दा बातचित वास्तवमै गरिरहेको जस्तो अनुभव हुन्छ, र जब आफ्ना शब्दहरूमा बिचार गर्नुहुन्छ, बोल्नुहुन्छ र तिनलाई सुन्नुहुन्छ, तब तपाईं ति सँग अझ जोडएको पाउनु हुन्छ।
आफ्नो मन र शरीरको साथ प्रार्थना गर्नुहोस्बा
ईबलमा, हामी मानिसहरूले भुईंमा घोप्टो परेर, घुँडा टेकेर, उभिएर, वा हात उठाएर प्रार्थना गरेको उदाहरणहरू देख्छौं। शरीरको स्थिति परिवर्तन गर्नाले हामीलाई प्रार्थनामा परमेश्वरसँग उपस्थित रहिरहेको र जोडिन मद्दत गर्छ।
आफ्ने र अरूहरूको शब्दहरूमा प्रार्थना गर्नुहोस्।
प्रार्थना कहिलेकाहीँ तपाईंको आफ्नै बिचारहरूको र चाहनाहरूको प्रवाह हो जब हामी तिनलाई पिताको अघि व्यक्त गर्छौं; तर मण्डली इतिहासभर, विश्वासीहरूले अरूहरूले लेखेका प्रार्थनाहरू पनि प्रार्थना गरेका छन् (कहिलेकाहीँ यसलाई लिटर्जी भनिन्छ)। भजनसंग्रह वा प्रभुले सिकाउनु भएको प्रार्थना गर्ने कुरा बाईबलमा भएका उदाहरणहरू हुन्।
तपाईंले साँस लिनुहुँदा प्रार्थना
गर्नुहोस् धेरैले यसलाई "साँस प्रार्थनाहरू" भन्छन्, यो प्रार्थनाको निर्माण धर्मशास्त्रका सत्यताका अनुच्छेदहरूमा ध्यान बनाउन मद्दत होस् भन्नका लागि थियो; एउटा साँस लिँदा हो भने, अर्को चाहिँ साँस छोड्दा, पवित्रआत्मालाई नै खाली ठाउँ भर्नको लागि छोडिदिने जसरी उहाँले गर्छु भनि प्रतिज्ञा गर्नुभएको छ (रोमी ८ः२६)।
प्रार्थना
"म विश्वास गर्छु (साँस लिने)। मेरो अविश्वासमा मद्दत गर्नुहोस् (साँस फ्याँक्ने)।"
"तपाईं अहिले मसँग हुनुहुन्छ (साँस लिने)। धन्यवाद (साँस फ्याँक्ने)।"
"मलाई कसैले देख्दैनन् जस्तो लाग्छ (साँस लिने)। धन्यवाद तपाईंले मलाई देख्नुहुन्छ (साँस फ्याँक्ने)।"
"तपाईंले मेरो शरीर बनाउनु भयो (साँस तान्ने)। म यसको आदर गर्नेछु र स्याहार गर्नेछु (साँस फ्याँक्ने)।"
"यो गाह्रो छ (साँस तान्ने)। यसमा म तपाईंको हातलाई हेर्न पर्खिनेछु, पर्भु (साँस फ्याँक्ने)।"
About this Plan

प्रार्थना एउटा उपहार हो, हाम्रो स्वर्गीय पितासँग सम्बन्धमा हुने कस्तो अतुलनीय अवसर। यस ६-दिने योजनामा, हामी पत्ता लगाउने छौं कि येशूले हामीलाई प्रार्थनाको विषयमा के सिकाउनु भयो र निरन्तर र एकदम साहससँग प्रार्थना गर्नको लागि प्रेरित बन्नेछौं।
More
Related Plans

One New Humanity: Mission in Ephesians

HEAL BOLDLY: Healing Is Holy Work - a 5-Day Devotional Journey for Women Ready to Heal, Grow, and Rise

Losing to Win, Serving to Lead, Dying to Live

What Does God Want Me to Do Next?

Strategy: The Strategic Faith of Caleb in Overcoming the Giants – a 5-Day Devotional by Allma Johnson

Forever Forward in Hope

Inspire 21-Day Devotional: Illuminating God's Word

Lead Boldly: Leading From Wholeness, Not Wounds

Holy, Not Superhuman
