प्रज्वलितः साहसिक प्रार्थनाको लागि एउटा सरल निर्देशिकाSample

प्रार्थना नै प्राथमिकता हो
मत्ती ९ः३७-३८ मा येशूले भन्नुभयो "फसल प्रशस्त छ, तर खेतालाहरू थोरै छन्। यसकारण फसलका प्रभुलाई प्रार्थना गर, र उहाँले आफ्नो फसलमा खेतालाहरू पठाइदेऊन्।” (CSB, मा जोड थपिएको छ)।
"पठाइदेऊन्" शब्द ग्रीकमा "प्रोपेल" भन्ने हुन्छ। यसै पदमाथि रहेर Propel Women स्थापना भएको थियो। यसैले जब हामी हाम्रो प्रार्थनाहरूलाई प्रज्वलित गर्न खोज्छौं, हामी येशूले आज्ञा गर्नुभएको जस्तै गर्न जाँदैछौंः हामी फसलका प्रभुलाई खेतालाहरू पठाईदिनको लागि-हामीलाई अघि बढाउन-उहाँको फसलमा प्रार्थना गर्न जाँदैछौं। फसल त प्रशस्त छ। परमेश्वरको राज्य बढ्ने अवसर यहिँ छ र अहिले नै छ। यो भएको देख्नको लागि मुख्य कुरा के छ? प्रार्थना!
सरल रूपमा प्रार्थना भनेको परमेश्वरसँग बोल्नु हो। यो तपाईंको हृदयमा हुने वा चर्को स्वरमा हुने बातचीत हुनसक्छ। यो एक्लो हुँदा वा समूहमा हुनसक्छ। यो हाम्रो खुट्टालाई स्थिरसँग भुईं राखेर हुनसक्छ, वा आकाश तिर हजारौं खुट्टा उठाएर हुनसक्छ। तर यहाँ सुन्दर कुरा छः जब हामी प्रार्थना गर्छौं, परमेश्वर सुन्नुहुन्छ, बोल्नुहुन्छ, र जवाफ दिनुहुन्छ।
ब्रमाहण्डको परमेश्वर तपाईंबाट सुन्न चाहनुहुन्छ। परमेश्वरले केवल यो संवादको शुरूवात र उहाँसँग कुरा गर्नको लागि हामीलाई आमन्त्रण मात्रै गर्नुभएन, तर उहाँले हाम्रो प्रार्थनालाई उहाँले यस संसारमा गरिरहनु भएको उहाँको कार्यहरूमा समायोजन पनि गर्नुहुन्छ!
तपाईं जहाँ भएपनि, जस्तोसुकै पृष्ठभूमि भएतपापनि, बजारमा तपाईंको प्रभावको परिधी जस्तो भएतापनि, जस्तै, गृहिणी आमा, कार्यकारी प्रबन्धक, डाक्टर, शिक्षक, विद्ध्यार्थी, वकिल, वा कुनै कलाकार— प्रार्थना नै त्यो प्रमुख स्थान हो जहाँ परमेश्वरको काम र तपाईंको काम यस संसारमा एकसाथ आउँछ। जब हामी प्रार्थना गर्छौं, परमेश्वरको पहाड हट्ने, जग हल्लिने र उहाँलाई अझै नचिनेका मानिसहरूको ठूलो फललसम्म पुग्ने बनाउने प्रतिज्ञा गर्नुभएको छ। परमेश्वरले यसलाई यस्तो बनाउनुभएको छ कि हाम्रो साना प्रार्थनाहरुले एउटा अनन्तको राज्यको फरक बनाउँछ! परमेश्वरले यस संसारलाई उहाँको शक्ति र हाम्रो प्रार्थनाहरूद्वारा परिवर्तन गरिरहनु भएको छ!
प्रार्थना
"प्रभु, म प्रार्थना गर्छु कि यो वर्ष तपाईं शक्तिका साथ बढ्नुभएको र मानिसहरूलाई आफुसँग ल्याउनु भएको देख्न सकुँ। तपाईंको वचन मत्ती ९ः३७-३८ अनुसार, फसलको लागि पहिले भन्दा अझ धेरै कामदारहरू पठाइन सकून। आउने दिनहरू तपाईंको महिमाको लागि र यस पृथ्वीमा तपाईंको राज्यको लागि एउटा विशाल फसलद्वारा चिनियोस्। र म अहिले आफैलाई तपाईंमा समर्पण गर्छु कि म त्यसको एउटा भाग बन्नेछु। आमेन।"
Scripture
About this Plan

प्रार्थना एउटा उपहार हो, हाम्रो स्वर्गीय पितासँग सम्बन्धमा हुने कस्तो अतुलनीय अवसर। यस ६-दिने योजनामा, हामी पत्ता लगाउने छौं कि येशूले हामीलाई प्रार्थनाको विषयमा के सिकाउनु भयो र निरन्तर र एकदम साहससँग प्रार्थना गर्नको लागि प्रेरित बन्नेछौं।
More
Related Plans

The Creator’s Authority: 5 Steps to a Fearless Creative Life

Two-Year Chronological Bible Reading Plan (First Year-July)

Why You Feel Broke and Why Scrolling Makes You Poor

Who Is Jesus? 7 Days in the 'I Am' Statements

Identity & Temptation

The Thief of Everything

Revelation | Reading Plan + Study Questions

HZY | BRP Week 1 - Introduction to Faith

Faith in the Process: Trusting God's Timing & Growth
