BibleProject | जर्नी थ्रु लुक एण्ड एक्ट्सSample

मरियमले बच्चा जन्माउने बेलातिर उनी र उनका मंगेतर युसूफ सिजर अगस्तसको आदेशअनुसार जनगणनामा नाउँ दर्ता गराउन बेतलेहेम जानुपर्ने हुन्छ। तिनीहरू बेतलेहेम आइपुग्छन् र मरियम प्रसव वेदनामा पर्छिन्। उनीहरूले अतिथिगृहमा बस्ने ठाउँ भेट्टाउन सक्दैनन् र तिनीहरूले भेट्टाउन सक्ने एउटै मात्र ठाउँ भनेको जनावरहरू सुत्ने ठाउँ हुन्छ। मरियमले बच्चा जन्माउँछिन् र इस्राएलका भावी राजालाई जनावरले दानापानी खाने डुँडमा सुताउँछिन।
त्यसको नजिकैतिर गोठालाहरूको एउटा समूहले आफ्ना बगाललाई चराउँदै गर्दा अचानक उनीहरूको अगाडि एउटा सुन्दर स्वर्गदूत देखा पर्छन्। निस्सन्देह, यस घटनाले तिनीहरूलाई पूर्णतया छक्क पाऱ्यो। तर स्वर्गदूतले उनीहरूलाई मुक्तिदाताको जन्म भएकोले रमाहट गर्न भन्छन्। उनीहरूले बच्चालाई लुगाले बेह्रेको र डुँँढमा सुतिरहेको भेट्टाउनेछन् भनेर स्वर्गदूतले उनीहरूलाई भन्छन्। स्वर्गदूतहरूको ठूलो गायन टोलीले पृथ्वीमा आफ्नो शान्ति ल्याउनुहुने परमेश्वरको प्रशंसा गीत गाएर रमाहट सुरु गर्यो। गोठालाहरूले एक मिनेट पनि खेर फाल्दैनन् र बच्चाको खोजीमा निस्किहाल्छन्। स्वर्गदूतले भनेझैं उनीहरूले येशूलाई डुँडमा भेट्टाउँछन्। उनीहरूको दिमाग घुम्छ। उनीहरूले आफूले अनुभव गरेका कुरा नबताई सक्दै सक्दैनन् र उनीहरुका खबर सुन्ने जो कोहि अचम्म्भित भए।
यस प्रकारले परमेश्वरको आगमन हुन्छ भने कुरा कसैले पनि अपेक्षा गर्दैनन्––एउटा जनावरको गोठमा किशोरी कन्याको गर्भबाट जन्म र सामान्य गोठालाहरूले त्यसमा रमाहट गरेको। लूकाको कथमा सबैकुरा पछाडी दिशामा जान्छ र खास कुरा यही हो। उनले देखाउँदैछन्, कसरी परमेश्वरको राज्य यस्ता फोहोर ठाउँमा अर्थात् प्रतिक्षारत मानिसहरू, विधवाहरू र गरिबवर्गमाझ आउँछन् किनभने येशू यहाँ हाम्रो संसारलाई उलट-पुलट पारेर मुक्ति दिन आउनुभएको छ।
Scripture
About this Plan

जर्नी थ्रु लुक एण्ड एक्ट्स ले व्यक्ति, स-साना समूह र परिवारहरूलाई 40 दिनमा लुक एण्ड एक्ट्स का किताबहरू पढ्न प्रेरित गर्छ।. यो योजनाले सहभागीहरूलाई येशुको सामना गर्न र लुक को उत्कृष्ट साहित्य र विचार प्रवाहमा संलग्न हुन मद्दत गर्ने एनिमेट गरिएका भिडियो र गहन पहुँचयोग्य सारांशहरू सम्मिलित गर्छ।
More
Related Plans

Exploring Easter

Repicture Obedience at Home

Press Play

Real Hope: Welcome Home

Up! We Will Elevate (Week 1)

Growing Faithfully: Creating a Family Stewardship Garden in Your Backyard

5 Powerful Prayers to Transform School Communities

Calling Out Your Name: Scriptures and Prayers for New and Expecting Parents

Hear
