भजनसंग्रह 121:3-6

भजनसंग्रह 121:3-6 NNRV

उहाँले तिम्रा खुट्टा चिप्‍लन दिनुहुनेछैन, तिम्रो रक्षा गर्नुहुने कहिल्‍यै उँघ्‍‌नुहुनेछैन। साँच्‍ची नै इस्राएललाई रक्षा गर्नुहुनेचाहिँ न त उँघ्‍‌नुहुन्‍छ न सुत्‍नुहुन्‍छ। परमप्रभु तिम्रा रक्षक हुनुहुन्‍छ, परमप्रभु तिम्रो दाहिने हाततिरको तिम्रो छहारी हुनुहुन्‍छ। दिउँसो घामले तिम्रो हानि गर्नेछैन, न त जूनले राती तिम्रो कुनै हानि गर्नेछ।