१ शमूएल 15:22-23

१ शमूएल 15:22-23 NNRV

तर शमूएलले भने, “होमबलि र बलिदानभन्‍दा बेसी परमप्रभुले आज्ञापालन नै रुचाउनुहुन्‍न र? आज्ञापालन बलिदानभन्‍दा उत्तम हो, र उहाँको वचन मान्‍नु भेड़ाको बोसोभन्‍दा असल हो। उहाँको आज्ञा उल्‍लङ्घन गर्नु तन्‍त्रमन्‍त्रको पापजस्‍तै हो, र हठी हुनु मूर्तिपूजा गर्नुजस्‍तै खराब हो। तपाईंले परमप्रभुको वचनलाई त्‍याग्‍नुभयो, यसैले परमप्रभुले पनि तपाईंलाई राजाको पददेखि त्‍याग्‍नुभएको छ।”