प्रेरित 28
28
पावल माल्टा भुन्न्या टापुमै
1हामि बाँचिकन छाइलति गयापछि तेइ टापुको नाउँ माल्टा रैछ भुन्न्या हामिले थाँ पायौं। 2ताँइका मान्ठहरुले हामिकन सारै दया मान्या। मेग आयार चिसो भया हुनाले तिनुहरुले आगो बाल्दिया, र हामि स्हबैकन ताप्न डाक्या। 3पावलले एक बिटो दाउरा जुम्मा गर्याछिया तेइ ल्यायर आगामै हाल्या। आगाको रापले एक स्हाप निस्क्योर आयो, र पावलका हातमै बेडियो। 4ताँइका मान्ठहरुले पावलको हातमै स्हाप गुथिया देख्यार आपु आपु भुन्न लाग्या, “यइ मान्ठ पक्कै पुनि ज्यानमारा नै हुनुपड्छ। समुन्द्रबाट बाँचिकन त आयो, तर निसाप गन्न्या देउताबाट उम्कुन स्हक्योन।” 5तर पावलले तेइ स्हापकन आगामै फाल्दिया, र तिनुकन केइपुनि हानि नोक्सानि भयोन। 6तर तिनुहरुले पावलको हड् स्हुनिन्याछ, या एक्कासि ढलेर मर्न्याछ भुनि हेरिरया छिया। तर मथ्थै बारगरि ढुक्ता पुनि तिनुकन केइ नास नभया देख्यार तिनुहरुले आम्नो स्हुचाइ फेरेर भुन्न लाग्या, “यिँ त देउता रैछुन्।”
7तेइ टापुका पब्लियस नाउँ भया मुखियाको जग्गा जुमिन ताँइ छेउछाउमै छियो। तेइले हामिकन सुम्मान गर्यो, र तिनदिनस्हम्म पाउना भयर तेइका घरमै बस्यौं। 8पब्लियसका बाबा जरो र रगतमासिले गद्दा मुदौरा भया छिया। तब पावल तिनुकन हेन्न गया, र तिनुमाथि आम्नो हात राखि प्रार्थना गर्या, र भलो भया। 9यइगरि भलो भया कुडा थाँ पायर तेइ टापुमै भया स्हबै मुदौरुहरु पुनि पावलति आयार भलो भया। 10तिनुहरुले हामिहरुकन मथ्थै मान सुम्मान गर्या। हामिले तेइ ठौर छोडेर पानि झाँज चड्न्या बेलामै तिनुहरुले हामिकन चाइया जति मालसामान झाँजमै हाल्दिया।
पावल रोम सहरमै आया
11तिन मुइनापछि, हामि अलेक्जेन्ड्रिया सहरबाट आया झाँजमै चड्यौं। यइ झाँज हिउँदभरि यइ टापुमै छियो। झाँजको अगेल्लो भागमै जुम्ल्या देउता लेख्या छियो। 12सुराकुसाइ भुन्न्या सहरमै पुगेर हामि ताँइ तिन दिन बस्यौं। 13ताँइबाट निस्केर छाइलै छाइल भैइ रेगियनमै पुग्यौं। भोलिपल्ट दच्छिनतिरबाट बयाल चल्यो, र पर्सिपल्ट हामि पटिओलि सहरमै पुग्यौं। 14ताँइ हामिले प्रभु इसुमै बिसास गन्न्या दाजुभाइहरुकन भेट्यौं, र तिनुहरुले हामिकन सात दिनस्हम्म बसि देउ भुनि बिन्ति गर्या। तब हामि तिनुहरुस्हात सात दिन बस्यापछि रोम सहरतिर गयौं। 15ताँइबाट हामि आउन्या रैबार स्हुनेर दाजुभाइहरु हामिकन भेट्न अप्पियसको बजार र तिन पाटि भुन्न्या ठौरमै आयाछिया। तिनुहरुकन देख्ना बित्तिकै हौसला पायर पावलले परमेसोरकन धन्याबाद दिया।
रोम सहरमै पावलले प्रचार गर्या
16हामि रोम सहरमै पुग्यापछि, एकजुना सिपाइको रेखदेखमै पावलकन एक्लै बैन्या आग्या दिइयो।
17तिन दिनपछि पावलले यहुदिहरुका अगुवाहरुकन घोइर्या। अनि तिनुहरु जुम्मा भयापछि पावलले तिनुहरुकन भुन्या, “दाजुभाइ यौं, मोइले त आम्नो देसका मान्ठहरु, या जिजुबाज्याका रितिथितिका बिरुद्दमै केइ काम गर्या छिइन। तापुनि मुकन यरुसलेममै पक्डेर बन्दि बुनाइ रोमिहरुका हातमै स्हुम्पियाछ। 18तिनुहरुले छानपिन गर्यापछि मुकन मार्न्या जैथै केइ दोस नभेटाउँदा छोडिदिन्या मुन गर्या छिया। 19तर यहुदिहरुले बिरोद गर्या हुनाले रोमि म्हाँराजाति बिन्ति गन्न मुकन कर लाग्यो, मेरा जातिहरुका बिरुद्दमै केइ दोस लाउन्या कुडा छियोन। 20यइ कुडा बुजाउन र तुमिहरुस्हात भेट गन्नका निम्ति मोइले तुमिहरुकन नेइ घोइराया हुँ। हामि इस्राएलिहरुले आस गर्या मुक्तिदिन्या राजाको निम्ति नै मु यइ स्हाँङ्लाले बानियाछु।”
21तिनुहरुले पावलकन भुन्या, “हामिले तुम्मो बार्यामै यहुदिहरुबाट केइ चिठिक पायानाइ। कोइ भाइहरुले आयर तुम्मो बिरुद्दमै केइ पुनि नराम्मा कुडा स्हुनाया र बोल्यानाइ। 22तर तुम्मो बिचार क्या छ, तेइ तुमिबाट स्हुन्न खोज्याछौं। क्यानकि यइ दलको बार्यामै हामिकन यति मात्तै थाँ छ, कि जाँकै मान्ठहरुले यइखो बिरुद्दमै मात्तै बोल्लाछुन्।”
23तब तिनुहरुले पावलका निम्ति एक दिन पक्का गर्या, र मथ्थै मान्ठहरु तिनुको डेरामै आया। पावलले तिनुहरुकन ब्यान देखि बाहापल्टिस्हम्म सिच्छ्या दिया। तिनुले मोसाका अइन र परमेसोरको रैबार्याहरुका किताबबाट परमेसोरको राज्याको स्हाँचि दिया, अनि इसुको बार्यामै तिनुहरुकन बुजाउँदै बिसासमै ल्याउन्या कोसित गर्या। 24पावलले भुन्या कुडा कोइ कोइले बिसास गर्या, कोइले गर्यानुन्। 25तिनुहरु आपु आपु नमिलेर छुट्टिन लाग्दा पावलले तिनुहरुकन यइथो भुन्या, “तुमिहरुका जिजुबाज्याकन परमेसोरका रैबार्या यसैयाबाट पबित्त आत्माले भुन्या बचन ठिकै छियो। 26तिनुले भुन्या, यिँ मान्ठहरुति गयर भुनः
“‘तुमिहरु स्हुन्न त स्हुन्छौ, तर कैले बुज्दैनौ,
हेन्न त हेर्छौ, तर कैले देख्तैनौ,
27क्यानभुन्या यिँ मान्ठहरुको हिर्दया कठ्ठोर भयाछ,
तिनुहरुका कान बोदा भयाछुन्,
तिनुहरुका आँखा बुन्द भयाछुन्,
नतर तिनुहरुले देख्न्या छिया,
कानले स्हुन्या छिया,
हिर्दयाले बुइन्या छिया,
र मोइतिर फर्कुन्या छिया,
अनि मु तिनुहरुकन भलो गन्न्या छिया।’”#यसैया ६:९-१०
28अनि पावलले यइथो भुन्या, “यइबिअ तुमिहरुकन थाँ होस् कि परमेसोरले दिया यइ मुक्तिको राम्मो रैबार अरु जातिका निम्ति पठाइया छ, र तिनुहरुले स्हुन्न्याछुन्।” 29[अनि पावलले यिँ बचन भुन्यापछि, यहुदिहरु आपु आपु बिबाद गद्दै छुटिया।]
30पावल पुरा दुइ बर्सस्हम्म आम्नै खर्चले रोम सहरमै बस्या, र तिनुति आउन्याहरु स्हबैकन तिनुले सुम्मान गर्या। 31तिनुले खुलमखुला र आँटिलो भयर परमेसोरको राज्याको प्रचार गद्दाछिया, र प्रभु इसु ख्रिस्टको बार्यामै सिच्छ्या दिन्छिया।
اکنون انتخاب شده:
प्रेरित 28: JUML
هایلایت
کپی
مقایسه
به اشتراک گذاشتن
می خواهید نکات برجسته خود را در همه دستگاه های خود ذخیره کنید؟ برای ورودثبت نام کنید یا اگر ثبت نام کرده اید وارد شوید
© 2024 (Active), Mother Tongue Translators Society and Wycliffe Bible Translators, Inc. All rights reserved.