YouVersion Logo
Search Icon

भजनसंग्रह 128

128
परमप्रभुमा आज्ञाकारीहरूलाई इनाम
1ज-जसले परमप्रभुका आज्ञा मान्‍दछन्
र उहाँका आज्ञाअनुसार जिउँछन्,
तिनीहरू खुसी रहन्‍छन्।
2तिम्रा हातका कमाइ सबै खाँचोहरूको लागि पुग्‍दो हुनेछ,
तिमीलाई आनन्‍द र फलिफाप हुनेछ।
3तिम्रा घरमा तिम्री पत्‍नी फल दिने अङ्‌गुरको बोटजस्‍तै हुनेछिन्‌
र तिम्रा टेबिलका चारैतिर तिम्रा छोरा-छोरीहरू
कलिला भद्राक्षका मुनाझैँ हुनेछन्।
4परमप्रभुको आज्ञा मान्‍ने मानिसले
साँच्‍चै यस्‍तै आशिष् पाउनेछ।
5परमप्रभुले तिमीलाई सियोनबाट आशिष् देऊन्!
जीवनभरि तिमीले यरूशलेमले उन्‍नति गरेको देख्‍न पाउनेछौ!
6तिमीले आफ्‍ना नाति-नातिनीहरू देख्‍न पाउनेछौ!
इस्राएलमा शान्‍ति रहोस्!

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

Video for भजनसंग्रह 128