भजनसंग्रह 129
129
इस्राएलका शत्रुहरूको विरुद्ध प्रार्थना
1हे इस्राएल, तिमी युवा छँदादेखि अहिलेसम्म
तिम्रा शत्रुहरूले कसरी तिमीलाई सताए, सो बयान गर।
2“म युवा छँदैदेखि मलाई मेरा शत्रुहरूले निठुर भएर सताए,
तर तिनीहरूले कहिल्यै मलाई जित्न सकेनन्।
3तिनीहरूले मेरा ढाडमा गहिरा चोटहरू पारे
र त्यसलाई जोतेको खेतबारीजस्तो बनाए।
4तर परमप्रभु धर्मी हुनुहुन्छ
र उहाँले मलाई दासत्वबाट मुक्त गर्नुभएको छ।”
5सियोनलाई घृणा गर्ने सबै जना हारेर भागून्!
6तिनीहरू घरका धुरीमा भएको घाँसजस्तै होऊन्,
जो बढ्नुअघि नै ओइलाइहाल्छ।
7कसैले त्यसलाई बटुलेर वा मुठा बाँधी लैजान सक्दैन।
8त्यहाँबाट हिँड्ने कसैले तिनीहरूलाई यसो भन्नेछैनन्:
“परमप्रभुले तिमीलाई आशिष् देऊन्!
परमप्रभुको नाममा हामी तिमीलाई आशिष् दिँदछौं।”
Currently Selected:
भजनसंग्रह 129: सरल नेपाली
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.