YouVersion Logo
Search Icon

भजनसंग्रह 127

127
परमप्रभुको भलाइको प्रशंसा
1परमप्रभुले घर बनाउनुभएन भने
घर बनाउनेहरूको काम व्‍यर्थ हुन्‍छ।
परमप्रभुले सहरको रक्षा गर्नुभएन भने पहरादारहरूले पहरा गर्नु व्‍यर्थ छ।
2भोजनको निम्‍ति परिश्रम गर्न बिहान सबेरै उठ्‍नु
र राती अबेर सुत्‍न जानु व्‍यर्थ छ
किनकि उहाँले आफ्‍ना प्रियहरूलाई निद्रा दिनुहुन्‍छ।
3छोरा-छोरीहरू परमप्रभुका दान हुन्,
तिनीहरू साँचो आशिष् हुन्।
4युवावस्‍थामा जन्‍मेका छोराहरू वीरका हातमा भएका काँडजस्‍ता हुन्।
5आफूसँग यस्‍ता काँड धेरै भएको मानिस प्रसन्‍न रहन्‍छ।
न्‍याय गरिने ठाउँमा आफ्‍ना शत्रुहरूसँग भेट हुँदा
कहिल्‍यै उसको हार हुनेछैन।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

Video for भजनसंग्रह 127