YouVersion Logo
Search Icon

भजनसंग्रह 8

8
परमेश्‍वरको महिमा र मानिसको मर्यादा
सङ्गीत-निर्देशकको निम्‍ति गित्तितअनुसार दाऊदको भजन
1हे हाम्रा सर्वमान्‍य परमप्रभु, सारा पृथ्‍वीभरि तपाईंको नाउँ कति महिमित छ! तपाईंका महिमाको स्‍तुतिगान उच्‍च स्‍वर्गमा हुँदछ।
2शिशुहरू र दूधे-बालकहरूका ओठबाट तपाईंले पूर्ण प्रशंसा निकाल्‍नुभएको छ,#मत्ती २१:१६ तपाईंका शत्रुहरूका कारणले, अनि शत्रु र प्रतिपक्षीलाई चूप गराउनलाई तपाईंले यसो गर्नुभएको छ।
3जब म तपाईंको हातले बनाएको आकाशलाई,
र तपाईंले स्‍थापित गर्नुभएका जून
र ताराहरूमाथि विचार गर्छु,
4मानिस के हो, र तपाईं त्‍यसको वास्‍ता राख्‍नुहुन्‍छ?#अयू ७:१७-१८; भज १४४:३; हिब २:६-८ मानिसको छोरो के हो, र तपाईं त्‍यसको फिक्री गर्नुहुन्‍छ?
5तपाईंले त्‍यसलाई स्‍वर्गीय प्राणीहरूभन्‍दा केही मात्र सानो बनाउनुभयो,
र त्‍यसलाई महिमा र आदरको मुकुट पहिराउनुभएको छ।
6आफ्‍नो हातका कामहरूमाथि तपाईंले त्‍यसलाई शासक बनाउनुभएको छ।#१ कोर १५:२७; एफि १:२२; हिब २:८ सबै थोक तपाईंले त्‍यसका पैतालामुनि राखिदिनुभएको छ—
7सबै भेड़ाबाख्रा र गाई-गोरु
र वनका सबै पशुहरू,
8आकाशका पक्षीहरू र समुद्रका माछाहरू
र समुद्रभित्र पौड़ने सबै जन्‍तुहरू।
9हे हाम्रा सर्वमान्‍य परमप्रभु, सारा पृथ्‍वीभरि तपाईंको नाउँ कति गौरवमय छ!

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy