YouVersion Logo
Search Icon

भजनसंग्रह 7

7
न्‍यायको निम्‍ति प्रार्थना
बेन्‍यामीनी कूशको विषयमा दाऊदले परमप्रभुको सामुन्‍ने गाएको शिग्‍गायोन नामक भजन
1हे परमप्रभु मेरा परमेश्‍वर, तपाईंमा नै म शरण पर्छु। मेरो खेदो गर्नेहरू सबैबाट मलाई बचाउनुहोस्‌ र छुटाउनुहोस्‌,
2नत्रता सिंहले झैँ तिनीहरूले मलाई फहराउनेछन्‌,
र मलाई छुटाउने कोही नहुँदा तिनीहरूले मलाई टुक्रा-टुक्रा पार्नेछन्‌।
3हे परमप्रभु मेरा परमेश्‍वर, यदि मेरा हातबाट केही अधर्म भएको छ भने—
4यदि आफ्‍नो मित्रलाई मैले खराबी गरेको छु भने,
र विनाकारण मेरा विरोधीलाई लुटेको छु भने, यदि मैले यसो गरेको भए,
5मेरो शत्रुले मलाई खेदेर भेट्टाओस्‌,
र त्‍यसले मेरो शरीर भूइँमा कुल्‍चीमिल्‍ची पारोस्‌,
र मेरो प्राण धूलोमा मिलाइदेओस्‌।
6हे परमप्रभु, आफ्‍नो कोपमा उठ्‌नुहोस्‌,
र मेरा शत्रुहरूका प्रकोपको विरुद्ध तपाईं आफै खड़ा हुनुहोस्‌। हे मेरा परमेश्‍वर, जाग्‍नुहोस्‌, र न्‍यायको आदेश दिनुहोस्‌।
7जाति-जातिहरू तपाईंको वरिपरि एकत्र होऊन्‌,
र तिनीहरूमाथि उच्‍च स्‍थानबाट राज गर्नुहोस्‌।
8परमप्रभुले सबै जातिहरूको न्‍याय गरून्‌। हे परमप्रभु, मेरो धार्मिकताअनुसार र मेरो निर्दोषताअनुसार मेरो न्‍याय गर्नुहोस्‌, हे सर्वोच्‍च परमेश्‍वर।
9हे धार्मिक परमेश्‍वर,#प्रका २:२३ जसले मन र हृदयको जाँच गर्नुहुन्‍छ, दुष्‍टहरूको उपद्रव समाप्‍त गर्नुहोस्‌, तर धर्मीहरूलाई स्‍थिर गराउनुहोस्‌।
10मेरो ढाल सर्वोच्‍च परमेश्‍वर हुनुहुन्‍छ, जसले सोझो हृदय भएका मानिसहरूलाई बचाउनुहुन्‍छ।
11परमेश्‍वर निष्‍पक्ष न्‍यायाधीश हुनुहुन्‍छ, जुन परमेश्‍वरले प्रतिदिन आफ्‍नो क्रोध व्‍यक्त गर्नुहुन्‍छ।
12यदि मानिसले पश्‍चात्ताप गरेन भनेता, उहाँले आफ्‍नो तरवारमा शान लाउनुहुनेछ। उहाँले आफ्‍नो धनुमा ताँदो चढ़ाउनुहुनेछ।
13उहाँले आफ्‍ना घातक शस्‍त्रहरू तयार पार्नुभएको छ। उहाँले आफ्‍ना काँड़हरूलाई अग्‍निबाण तुल्‍याउनुहुन्‍छ।
14जसको कल्‍पना दुष्‍टताले पूर्ण छ,
र उपद्र्याइँ सोच्‍दछ, त्‍यसले भ्रमलाई जन्‍म दिन्‍छ।
15जसले खनेर एउटा खाल्‍डो बनाउँछ, त्‍यसले खनेको खाल्‍डोभित्र त्‍यो आफै जाकिन्‍छ।
16त्‍यसको उपद्र्याइँ त्‍यसको आफ्‍नै टाउकोमा खनिन्‍छ, त्‍यसको अत्‍याचार त्‍यसकै थाप्‍लोमाथि ओइरिन्‍छ।
17परमप्रभुका धार्मिकताको कारण म उहाँमा धन्‍यवाद चढ़ाउनेछु,
र सर्वोच्‍च परमप्रभुको स्‍तुति म गाउनेछु।

Highlight

Copy

Compare

Share

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

Videos for भजनसंग्रह 7