भजनसंग्रह 6
6
सङ्कष्टमा कृपाको निम्ति प्रार्थना
सङ्गीत-निर्देशकको निम्ति तार-वाद्यमा शिमिनिथअनुसार दाऊदको भजन
1हे परमप्रभु, तपाईंको क्रोधमा मलाई नहप्काउनुहोस्,#भज ३८:१ तपाईंको रोषमा मलाई ताड़ना नदिनुहोस्।
2ममाथि दया गर्नुहोस्, हे परमप्रभु, किनभने म अति दुर्बल छु। हे परमप्रभु, मलाई निको पार्नुहोस्, किनकि मेरा हाड़हरूमा पीडा छ।
3मेरो प्राण पनि साह्रै बेचैनीमा छ। कहिलेसम्म, हे परमप्रभु, कहिलेसम्म पर्खनु?
4मतिर फर्कनुहोस्, हे परमप्रभु, मेरो प्राणलाई छुटकारा दिनुहोस्। तपाईंको अचूक कृपाको खातिर मेरो उद्धार गरिदिनुहोस्।
5मृत्युमा तपाईंको सम्झना हुँदैन, पातालमा कसले तपाईंको प्रशंसा गर्न सक्छ र?
6आफ्नो आर्तनादले थाकेर म लाचार भएको छु, हरेक रात म रोएर मेरो ओछ्यान भिजाउँछु।
7शोकले गर्दा मेरा आँखा धमिला भएका छन्। मेरा शत्रुहरूले गर्दा ती कमजोर भएका छन्।
8हे सबै कुकर्मी हो, मबाट दूर होओ!#मत्ती ७:२३; लूक १३:२७ किनकि म रोएको परमप्रभुले सुन्नुभएको छ।
9परमप्रभुले कृपाको निम्ति मेरो पुकार सुन्नुभएको छ, मेरो प्रार्थना परमप्रभुले ग्रहण गर्नुहुन्छ।
10मेरा सबै शत्रुहरू शर्ममा पर्नेछन्,
र ज्यादै घबराउनेछन्,
र पलभरमा लज्जित भएर पछि हट्नेछन्।
Currently Selected:
भजनसंग्रह 6: NNRV
Highlight
Copy
Compare
Share
Want to have your highlights saved across all your devices? Sign up or sign in
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012