YouVersion Logo
Search Icon

भजनसंग्रह 13

13
सङ्कष्‍टमा प्रार्थना
सङ्गीत-निर्देशकको निम्‍ति दाऊदको भजन
1कहिलेसम्‍म, हे परमप्रभु? के तपाईं सधैँभरि मलाई बिर्सनुहुन्‍छ? तपाईंले आफ्‍नो मुहार मसँग कहिलेसम्‍म लुकाउनुहुन्‍छ?
2मेरो आत्‍मामा कहिलेसम्‍म मैले चिन्‍ता बोक्‍ने, अनि दिनहुँ मेरो हृदयमा शोक राख्‍ने? कहिलेसम्‍म मेरो शत्रु ममाथि प्रबल भइरहनेछ?
3ममाथि निगाह गर्नुहोस्‌, र मलाई जवाफ दिनुहोस्‌, हे परमप्रभु मेरा परमेश्‍वर। मेरा आँखालाई ज्‍योति दिनुहोस्‌, नत्रता म मृत्‍युको निद्रामा पर्नेछु।
4नत्रता मेरो शत्रुले भन्‍नेछ, “त्‍यसमाथि मैले विजय पाएको छु।” अनि म ढल्‍दा मेरा शत्रुहरू रमाउनेछन्‌।
5तर मैले त तपाईंको अचूक कृपामा भरोसा राखेको छु। मेरो हृदय तपाईंको उद्धारमा रमाउँछ।
6म परमप्रभुको स्‍तुति गाउनेछु, किनभने उहाँ मप्रति भला हुनुभएको छ।

Highlight

Copy

Compare

Share

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

Videos for भजनसंग्रह 13