भजनसंग्रह 12
12
दुर्जनहरूका विरुद्ध परमेश्वरको सहायताको निम्ति प्रार्थना
सङ्गीत-निर्देशकको निम्ति शिमिनिथअनुसार दाऊदको भजन
1गुहार, हे परमप्रभु, किनभने भक्तजन अब बाँकी छैनन्। मानिसका बीचबाट विश्वासीहरू लोप भइसकेका छन्।
2हरेकले आफ्नो छिमेकीसँग झूटा बोल्छ। चापलूसी ओठले छलसित तिनीहरू कुरा गर्छन्।
3सबै चापलूसी गर्ने ओठलाई र घमण्डका कुरा गर्ने हरेक जिब्रोलाई परमप्रभुले काटिदेऊन्,
4तिनीहरू जसले भन्छन्, “हाम्रा जिब्राले नै हामी जित्नेछौं, हाम्रा ओठ हाम्रै हुन्, हामीमाथि को मालिक छ र?”
5परमप्रभु भन्नुहुन्छ, “अब म उठ्नेछु, किनकि कमजोरहरू लुटिएका छन्,
र दरिद्रहरू सुस्केरा हाल्छन्,
र तिनीहरूलाई हानि गर्नेहरूबाट म रक्षा गर्नेछु।”
6अनि परमप्रभुका वचनहरू खोटरहित छन्, ती शुद्ध चाँदीजस्ता छन्, जो सात पल्ट माटोको भट्टीमा खारेर शुद्ध पारिएको छ।
7हे परमप्रभु, तपाईंले हामीलाई रक्षा गर्नुहुनेछ। सदाकाल हामीलाई यस्ता मानिसहरूदेखि बचाइराख्नुहुनेछ।
8दुष्टहरू गमक्क भई खुल्ला रूपमा डुलिहिँड्छन्, जब मानिसहरूका बीचमा नीचताको सम्मान हुन्छ।
Currently Selected:
भजनसंग्रह 12: NNRV
Highlight
Copy
Compare
Share
Want to have your highlights saved across all your devices? Sign up or sign in
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012