भजनसंग्रह 14
14
मानिसहरूको बेवकूफी र दुष्टता
सङ्गीत-निर्देशकको निम्ति दाऊदको भजन
1मूर्खले#१४:१ हिब्रूमा “मूर्ख” को अर्थ “अधर्मतिर लाग्ने” पनि हुन सक्छ। आफ्नो मनमा भन्छ, “ईश्वर छँदैछैन।”#रोम ३:१०-१२#भज ५३ तिनीहरू भ्रष्ट भएका छन्, तिनीहरू नीच काम गर्दछन्। यस्तो कोही पनि छैन जसले असल गर्दछ।
2परमप्रभुले स्वर्गबाट मानिसका सन्तानलाई हेर्नुहुन्छ, यो जान्नलाई कि समझदार हुने र परमेश्वरलाई खोज्ने कोही छ?
3तिनीहरू सबै कुबाटोतिर लागेका छन्। तिनीहरू सबै एकसाथ भ्रष्ट भएका छन्। कसैले असल गर्दैन, अहँ, असल गर्ने एक जना पनि छैन।
4के दुष्ट काम गर्नेहरूले कहिल्यै सिक्नेछैनन्? रोटी खाएझैँ तिनीहरूले मेरा मानिसहरूलाई भक्षण गर्छन्, अनि परमप्रभुलाई पुकार्दैनन्।
5त्यहाँ तिनीहरू त्रासले व्याकुल भएका छन्। किनभने धर्मीहरूको समुदायसँग परमेश्वर हुनुहुन्छ।
6तिमी दुष्टहरूले गरीबको योजनालाई विफल पारेका छौ, तर उनीहरूको शरणस्थान त परमप्रभु नै हुनुहुन्छ।
7इस्राएलको उद्धार सियोनबाट आएको भए कति असल हुनेथियो! जब परमप्रभुले आफ्ना मानिसहरूको सुख-शान्ति फर्काइदिनुहुन्छ, याकूब रमाऊन्, र इस्राएल खुशी होऊन्!
Currently Selected:
भजनसंग्रह 14: NNRV
Highlight
Copy
Compare
Share
Want to have your highlights saved across all your devices? Sign up or sign in
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012