इस्राएल र चर्चनमूना

पहिलोदिन – विभाजनको पर्खालहटाइएको छ
परमप्रभु परमेश्वरले अब्राहाम र उनका सन्तानहरूलाई सम्पूर्ण संसारको लागि आशिष्बन्नचुन्नुभयो।हाम्रा मुक्तिदाता येशू ख्रीष्ट इस्राएलजातिबाटैआउनुभयो।उहाँ यहूदी आमा मरियमको कोखबाट जन्मनुभएको थियो।सबै बाइबलीय लेखकहरू - नयाँकरारका लेखकहरू समेत- यहूदी थिए,त्यसैकारणइस्राएलजातिकै अंशथिए।
प्रभु येशूको आगमन हुनुभन्दा पहिले नै इस्राएल परमेश्वरको जातिथियो।अन्य राष्ट्रहरूले सबै प्रकारका अन्य देवताहरूमा विश्वास गर्थे।अब त्यो परिवर्तन भयो।प्रभु येशू इस्राएलको लागि मात्र होइन, हामी सबैको लागि पनि मर्नुभयो र बौरी उठ्नुभयो।उहाँको रगतद्वारा, उहाँले हामीलाई 'नजिकै' ल्याउनुभएको छ।उहाँमाथि विश्वास गरेर, हामी पनि परमेश्वरका सन्तान बन्न सक्छौं।
कस्तोधन्यको कुरा, पिताको प्रेम र अनुग्रहद्वारा हामी पनि परमेश्वरका सन्तान बन्न सक्छौं !
विचार गर्नका लागि केही कुराःयेशू यहूदी हुनुहुन्छ भन्ने कुराके तपाईंले कहिल्यै सोच्नुभएको छ?तपाईंको लागि र यहूदी मानिसहरूप्रतिको तपाईंको दृष्टिकोणको लागि यसको के अर्थ छ?
धर्मशास्त्र
यस योजनाको बारेमा

चर्चको इस्राएलसँग के सम्बन्ध छ ? विगतमा चर्च र इस्राएल बिचको सम्बन्ध कस्तो थियो र अहिले यो कस्तो देखिन्छ ? 'प्रतिस्थापन ईश्वरशास्त्र' भनेको के हो ? तपाईंले यस पठन योजनामा यी प्रश्नका जबाफहरू पत्ता लगाउनुहुनेछ ! के तपाईं हामीसँग सहभागी बन्न्हुनेछ ?
More
हामी यो योजना उपलब्ध गराउनु भएकोमा Christians for Israel International लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: www.c4israel.org
