इस्राएल र चर्चनमूना

इस्राएल र चर्च

दिन 3 को 7

तेस्रोदिन – जैतुनको रूख

यहूदी रगैरुयहूदीहरूबिचको सम्बन्धलाई व्याख्या गर्न पावलले जैतुनको रूखलाई उदाहरणको रूपमा प्रयोग गर्छन्।

काँटछाँटगरिएको जैतुनको रूख इस्राएलसँगको परमेश्वरको करारको प्रतीक हो।गैरयहूदीहरूकारूपमा हामी जसलेयेशू ख्रीष्टमाविश्वास गर्छौं, हामी काँटछाँटगरिएको जैतुनको रूखको हाँगामा कलमी गरिएकोजंगली जैतुनकाहाँगाहरू जस्तैहौँ।अब हामी जराबाटरस र पोषण लिन्छौँ; यसरी हामी परमेश्वरले दिनुहुने आशिषहरूमा सहभागी बन्छौँ।

येशूले पहिले नै भन्नुभएको छ कि उहाँमा विश्वास गर्नेकोअन्तष्करणबाट जीवित पानीका खोलाहरू बग्नेछन्।

त्यसैले परमेश्वरले हामीलाई दिनुहुने सबै आशिषहरू इस्राएलसँगकोसम्बन्धमानिर्भरछन्।हामी इस्राएल र यहूदीजातिसँग गहिरो रूपमा जोडिएका छौं।

तर पावलले तुरुन्तै हामीलाई चेतावनी दिन्छन् - मानौं उनले पहिले नै यो खतरा लुकेको महसुस गरिसकेका थिए -: "तर यदि कुनै हाँगाहरू काटिए र असल जैतूनको जराको रस-भण्‍डारमा सहभागी हुनलाई तिमी एक जङ्गली जैतून भएर पनि तिनीहरूको ठाउँमा कलमी बाँधियौ भने,ती हाँगाहरूका सामु घमण्‍ड नगर...जरालाई थाम्‍ने तिमी होइनौ,तर जराले पो तिमीलाई थाम्‍छ ।" अनुग्रह कुनै योग्यता होइन, तरवरदानहो।चर्चले प्रायः आफूलाई इस्राएलभन्दा माथि उठाएको छ, मानौं चर्च बढी महत्त्वपूर्ण थियो।तर बाइबलले हामीलाई यहाँअर्कै कुरालाइबताउँछ।

विचार गर्नका लागि केही कुराःचर्चले आफूलाईइस्राएलभन्दाअक्सरमाथि उठाउनुकसरी सम्भवछ?यसबारे तपाईंको के विचार छ?

धर्मशास्त्र

यस योजनाको बारेमा

इस्राएल र चर्च

चर्चको इस्राएलसँग के सम्बन्ध छ ? विगतमा चर्च र इस्राएल बिचको सम्बन्ध कस्तो थियो र अहिले यो कस्तो देखिन्छ ? 'प्रतिस्थापन ईश्वरशास्त्र' भनेको के हो ? तपाईंले यस पठन योजनामा यी प्रश्नका जबाफहरू पत्ता लगाउनुहुनेछ ! के तपाईं हामीसँग सहभागी बन्न्हुनेछ ?

More

हामी यो योजना उपलब्ध गराउनु भएकोमा Christians for Israel International लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: www.c4israel.org

सम्बन्धित भक्त्ति पाठहरू