इस्राएल र चर्चनमूना

इस्राएल र चर्च

दिन 4 को 7

चौथोदिन – इस्राएलको अविश्वासको रहस्य

धेरै यहूदीहरूले येशूलाई आफ्नामसिह मान्दैनन्।तिनीहरू सुसमाचारप्रति पनि शत्रुतापूर्ण छन्, जुन बुझ्न सकिन्छ किनभने शताब्दीयौंदेखि धेरै ईसाईहरूले यहूदी विरोधी विचारहरूव्यक्तगरेका छन्।उदाहरणका लागि, ईसाई धर्मयुद्धकर्ता(क्रुसेडरहरू)लेभेटे जतिप्रत्येक यहूदीको हत्या गरे र ईसाईमहादेशयुरोपमायहूदीहरूको नरसंहार (हलोकास्ट)भयो।

यहूदीहरूले येशूमा विश्वास नगर्ने तथ्यको बावजुद, प्रभु परमेश्वरले बारम्बार जोड दिनुहुन्छ कि उहाँ इस्राएललाईप्रेम गर्नुहुन्छ रप्रेम गरिरहनुहुनेछ ! उहाँ इस्राएललाई बोलाएकोमा पछुताउनुहुन्न र उहाँ सधैं आफ्नो करार र उहाँले इस्राएललाई प्रतिज्ञा गर्नुभएको कुराप्रति विश्वासयोग्य रहनुहुनेछ ! यदि परमेश्वरले इस्राएललाई गर्नुभएको प्रतिज्ञा तोड्नुभएको भए हाम्रो मुक्तिको अर्थ कसरीरहनसक्थ्यो ? तब तउहाँको वचनको कुनै मूल्य हुने थिएन।तर, बाइबलले परमेश्वरको अनुग्रहलाई जोड दिन्छ: “यसरी सारा इस्राएलको उद्धार हुनेछ,जस्‍तो लेखिएको छ:“उद्धारक सियोनबाट आउनुहुनेछ,उहाँले याकूबबाट अधर्म हटाउनुहुनेछ”” (रोमी ११:२६)।

सुसमाचारप्रति इस्राएलको शत्रुताको एउटा विशेष पक्ष रहेकोसमेत पावललेव्याख्या गरेका छन्।

यसैकारण परमेश्वरको मुक्ति अन्य राष्ट्रहरूमा पनिफैलेरगयो, ताकिसारासंसारले प्रभु येशू मार्फत इस्राएलका परमेश्वरलाई चिन्न सकोस्र उहाँको सन्तान बन्न सकोस्!

प्रभु येशूको कामद्वारा हामी पनि इस्राएलका परमेश्वरलाई चिन्न सक्छौँर उहाँका सन्तानबन्नसक्छौँभनीधन्यवाददिनुहोस्

धर्मशास्त्र

यस योजनाको बारेमा

इस्राएल र चर्च

चर्चको इस्राएलसँग के सम्बन्ध छ ? विगतमा चर्च र इस्राएल बिचको सम्बन्ध कस्तो थियो र अहिले यो कस्तो देखिन्छ ? 'प्रतिस्थापन ईश्वरशास्त्र' भनेको के हो ? तपाईंले यस पठन योजनामा यी प्रश्नका जबाफहरू पत्ता लगाउनुहुनेछ ! के तपाईं हामीसँग सहभागी बन्न्हुनेछ ?

More

हामी यो योजना उपलब्ध गराउनु भएकोमा Christians for Israel International लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: www.c4israel.org

सम्बन्धित भक्त्ति पाठहरू