एफिसी 2:11-13

एफिसी 2:11-13 NNRV

यसकारण याद राख, अघि तिमीहरू शरीरअनुसार अन्‍यजाति छँदा शरीरमा हातबाट खतना गरिएकाहरूले तिमीहरूलाई बेखतनाका मान्‍दथे। याद राख, तिमीहरू त्‍यस बेला ख्रीष्‍टबाट अलग, इस्राएलका नागरिक हकबाट बाहिर भएका थियौ, र प्रतिज्ञाका करारहरूबाट बिराना, आशा नभएका र यस संसारमा परमेश्‍वररहित थियौ। तर तिमीहरू, जो त्‍यस बेला ख्रीष्‍ट येशूबाट टाढ़ा थियौ, अब ख्रीष्‍टको रगतले नजिक भएका छौ।