चमत्कारका ३० दिननमूना

कप्तानको सेवकको चङ्गाइ
कप्तान यहूदी थिएनन्, तर उनले येशूको शक्ति र अधिकारलाई बुझेका थिए। रोमी संसारमा पदक्रम नै सबै कुरा थियो। सत्ताको संरचनाले सबै कुरा र सबै मानिसहरूलाई आफ्नो स्थानमै राख्थ्यो। कप्तान पनि त्यसै पदक्रमको हिस्सा थिए। उनले माथिल्लो पदका नेताहरूले पाएका अधिकारको परिणाम कस्तो हुन्छ भन्ने राम्ररी बुझेका थिए।त्यसकारण उहाँले येशूलाई आफ्नो घरमा आएर थकित हुनु नपर्ने र टाढाबाट आफ्नो सेवकलाई वचन बोलेर निको पार्ने स्वतन्त्रता दिनुभयो।इश्वरीय सामर्थ्य भएको यस गुरुसँग ठूलो धार्मिक कार्यक्रम सिर्जना गर्नुभन्दा, सीधै उहाँलाई आफ्ना सेवकतर्फ उहाँको अद्भुत कार्यशक्ति प्रकट गर्न अनुरोध गर्न सकिन्छ भन्ने कुरा कप्तानले बुझेका थिए।
धेरैपटक, हामी जसले येशूलाई व्यक्तिगत रूपमा चिनेका छौँ, उहाँसँग भेट्दा धार्मिक मानसिकता र रीतिथिति स्वभावतर्फ जान्छौँ। तर वास्तविकतामा उहाँ हाम्रो सोचभन्दा धेरै नजिक हुनुहुन्छ र हाम्रो बुझाइभन्दा धेरै वास्तविक हुनुहुन्छ! उहाँले हामीलाई केवल औपचारिक वा सामूहिक भेला वा सभामा मात्र भेट्नुहुन्न, तर हाम्रो सामान्य जीवनमै पनि भेट्नुहुन्छ।धेरैपटक हामी उहाँसँग भेट्नका लागि सोसल मिडियामा देखाउन लायक, सुन्दर र पूर्ण सेटअप बनाउन खोज्छौँ, जबकि हामी उहाँलाई हाम्रो सामान्य, बिना फिल्टरको दिनको हरेक क्षणमा निम्त्याउन सक्छौँ, ताकि हामी निरन्तर उहाँको उपस्थितिमा रहिरऔं। कप्तानले पक्कै पनिआफ्ना सेवकहरूबाट येशूको चमत्कारिक शक्तिका बारेमा सुनेका थिए, त्यसैलेविश्वास गरे कि उहाँले उनका सेवकलाई निको पार्न सक्नुहुन्छ। उनले भने कि उहाँलाई आफ्नै घरमा बोलाउन आफूलाई योग्य ठान्दैनन्, जसले देखाउँछ कि उनले येशू वास्तवमै को हुनुहुन्छ भनेर बुझेका थिए, र उहाँको महिमा र सर्वोच्चताको तुलनामा आफ्नो पद वा सम्मान केही होइन भन्ने थाहा पाएका थिए।येशूले उनको विश्वासको प्रशंसा गर्नुभयो र जहाँ हुनुहुन्थ्यो त्यहीँबाट उनको सेवकलाई निको पार्नुभयो! कस्तो अद्भुत कुरा, एउटा गैरयहूदीको विश्वासले येशूको ध्यान तान्यो र उहाँलाई उनको पक्षमा काम गर्न प्रेरित गर्यो।के यसले तपाईंलाई उहाँको वचन द्वारार उहाँले मानिसहरूको जीवनमा गर्नुभएको काम द्वारा येशूलाई अझै राम्ररी चिन्न प्रेरित गर्छ? जब तपाईं उहाँलाई चिन्न थाल्नुहुन्छ, तपाईं आफ्नो जीवनमा असम्भव काम गर्न उहाँमाथि विश्वास नगरी रहन सक्नुहुन्न।
यस योजनाको बारेमा

जब येशू पृथ्वीमा आउनुभयो, उहाँले मानिसहरूका लागि चमत्कारका कार्यहरू गर्नुभयो। यो बाइबल योजना पढ्दै गर्दा, हामी आशा गर्छौं कि तपाईंले आफ्नो जीवनमा सम्पूर्ण रूपमा येशूलाई अनुभव गर्नुहुनेछ। यस पृथ्वीमा जीवितरहँदा, हामीले परमेश्वरको अलौकिक कार्यहरूमा विश्वास गर्न छोड्नु हुँदैन।
More
हामी यो योजना उपलब्ध गराउनु भएकोमा We Are Zion लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: www.instagram.com/wearezion.in
