चमत्कारका ३० दिननमूना

कुष्ठरोगी मानिसको चङ्गाइ
यस दृश्यलाई कल्पना गर्नुहोस्: जति तपाईंलाई सम्झना छ, तपाईं समाजले तिरस्कृत गरेको, बाहिर धकेलिएको मान्छेको रूपमा आफ्नो जीवन बिताइ रहनुभएको छ। तपाईं आफ्नो रोगको कारण समाजबाट बहिष्कृत भएका अरू धेरैको साथमा कुष्ठरोगीहरूको बस्तीमा बस्नुहुन्छ। तपाईंले आफ्नो व्यक्तिगत पहिचान गुमाइसक्नु भएको छ, र आफ्नो शरीर ढाकेर “अशुद्ध, अशुद्ध” भन्दै चिच्याउनुपर्ने बाध्यता छ, ताकि अरू मानिसहरू तपाईंको नजिक नआउन्।
यही दुर्दशा त्यस मानिसको थियो, जसले येशूलाई भेटे र संकोचपूर्वक सोधे कि के उहाँ उनलाई शुद्ध पार्न इच्छुक हुनुहुन्छ । येशूले केवल आफू इच्छुक भएको भन्नुभएन, तर उहाँले उनलाई छुएर उनीहरूबीचको दूरी हटाउनुभयो। येशूले दुई शब्दमा भन्नुभयो, “शुद्ध होऊ” र उनले तुरुन्त चङ्गाइ पाए, त्यसपछि येशूले उनलाई पुजारीकहा जान र धन्यवादस्वरूप चढाउने बलिदान दिन पठाउनुभयो ताकि यो गवाही होस्। केवल येशू नै यस्तो चमत्कार गर्न सक्नुहुन्छ, जसले कसैको पहिचान र सामाजिक स्थितिलाई एकै क्षणमा परिवर्तन गरिदिन्छ। र उहाँले ल्याउने पुनर्स्थापनाले हामीसँग एक मात्रकुरा माग्छ, हेरिरहेको संसारका सामु हामी गवाही बन्नु।
सायद तपाईंले आफ्ना परिस्थितिहरू वा कुनै रोगका कारण समाजबाट तिरस्कृत भएकाजस्तो महसुस गर्नुभएको छ। जब तपाईं येशूमा भरोसा राख्नुहुन्छ, उहाँ तपाईंलाई “तिमी मेरो हौ” भन्नुहुन्छ। तपाईंको पहिचान बाहिरी व्यक्तिबाट निकट व्यक्तिमा परिवर्तन हुन्छ। त्यसभन्दा अझ असल कुरा यो हो कि अब तपाईं परमेश्वरको सन्तान हुनुहुन्छ। तपाईंका पिता तपाईंमा गर्व गर्नुहुन्छ र तपाईंलाई आफ्ना पुत्र येशूको राज्यमा प्रवेश गराउनुहुन्छ, जहाँ तपाईंलाई राज्यले दिन सक्ने सबै कुराको उत्तराधिकारी बनाइन्छ।कस्तो ठूलो परिवर्तन! यो सबै त्यसकारण भयो कि तपाईंले येशूलाई सोध्ने साहस गर्नुभयो कि के उहाँ पापबाट तपाईंलाई शुद्ध पार्न इच्छुक हुनुहुन्छ । तपाईंले उद्धार पाउनासाथ सबै कुरा बदलियो। अब तपाईं संसारका सबै मानिसहरू सामु गवाही दिन जान सक्नुहुन्छ।
यस योजनाको बारेमा

जब येशू पृथ्वीमा आउनुभयो, उहाँले मानिसहरूका लागि चमत्कारका कार्यहरू गर्नुभयो। यो बाइबल योजना पढ्दै गर्दा, हामी आशा गर्छौं कि तपाईंले आफ्नो जीवनमा सम्पूर्ण रूपमा येशूलाई अनुभव गर्नुहुनेछ। यस पृथ्वीमा जीवितरहँदा, हामीले परमेश्वरको अलौकिक कार्यहरूमा विश्वास गर्न छोड्नु हुँदैन।
More
हामी यो योजना उपलब्ध गराउनु भएकोमा We Are Zion लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: www.instagram.com/wearezion.in
