चमत्कारका ३० दिननमूना

चमत्कारका ३० दिन

दिन 6 को 30

पहिलो चमत्कार द्वारा माछा पकडिनु

के तपाईं कल्पना गर्न सक्नुहुन्छ कि सिमोन पत्रुसजस्ता अनुभवी माछा मार्ने मान्छे, येशू आफैँ जोव्यवसायले बढई हुनुहुन्थ्यो,उहाबाट सिकदै छन?तरपत्रुसको पक्षमा भन्ने हो भने, येशू संसारका सृष्टिकर्ता र पालनकर्ता हुनुहुन्थ्यो र अझै पनि हुनुहुन्छ। जसले आफ्नो वचनले सम्पूर्ण सृष्टिलाई अस्तित्वमा ल्याउनुभयो, उहाँका लागि पत्रुसको डुङ्गाको नजिकै माछाको ठूलो बथान ल्याएर जालमा पसाउनु निकै सजिलो काम थियो।यदि तपाईंले विश्वास गर्नुहुन्छ कि परमेश्वरका लागि केही पनि असम्भव छैन, र उहाँसँग सबै कुरा सम्भव छ, तब तपाईंले पनि त्यस्तो अचम्मको चमत्कारको लागि आफ्नो हृदय खोल्नुहुन्छ। तपाईं आफ्नो शक्ति र सीपबाट काम गरिरहनु भएको होला, तर के त्यसमा परमेश्वरको स्पर्शका लागि ठाउँ छ?

तपाईंले अध्ययन गरेको काम येशूले तपाईं भन्दा अझै राम्रोसँग गर्न सक्नुहुन्छ। तपाईंले तालिम लिएको काम पनि उहाँले तपाईं भन्दा अझ उत्कृष्ट रूपमा गर्न सक्नुहुन्छ। के यसले तपाईंलाई उत्साहित बनाउँछ वा बेकार महसुस गराउँछ? आशा छ यो कुरा तपाईंलाई आशीष बनोस्, परमेश्वरले तपाईंलाई जुन कुरामा जिम्मा दिनुभएको छ, त्यसमा उहाँ असीम रूपमा सक्षम हुनुहुन्छ।हामीले यसप्रति कसरी प्रतिक्रिया जनाउने ? पहिलो कुरा, हामी परमेश्वरलाई आफ्ना कामहरूमा निम्त्याउन सक्छौँ र उहाँलाई बाटो देखाउन अगुवाई गर्न दिन सक्छौँ। हामी आफ्ना व्यवसायहरूमा उहाँसँग सल्लाह गर्न सक्छौँ र उहाँलाई वरिष्ठ साझेदारको रूपमा सहभागी गराउन सक्छौँ। हामी आफ्ना अध्ययनमा उहाँसँग जोडिन सक्छौँ, किनकि उहाँ नै ज्ञान र बुद्धिको मूर्त रूप हुनुहुन्छ।जब तपाईं आफ्नो काममा परमेश्वरलाई ल्याउनुहुन्छ, तब असाधारण कुरा कसरी प्रकट हुन्छ र उहाँले तपाईंमाथि कसरी आश्चर्यकर्मद्वारा आशिष् र अनुग्रह ल्याउनुहुन्छ भन्ने हेर्नुहोस्।

यस योजनाको बारेमा

चमत्कारका ३० दिन

जब येशू पृथ्वीमा आउनुभयो, उहाँले मानिसहरूका लागि चमत्कारका कार्यहरू गर्नुभयो। यो बाइबल योजना पढ्दै गर्दा, हामी आशा गर्छौं कि तपाईंले आफ्नो जीवनमा सम्पूर्ण रूपमा येशूलाई अनुभव गर्नुहुनेछ। यस पृथ्वीमा जीवितरहँदा, हामीले परमेश्वरको अलौकिक कार्यहरूमा विश्वास गर्न छोड्नु हुँदैन।

More

हामी यो योजना उपलब्ध गराउनु भएकोमा We Are Zion लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: www.instagram.com/wearezion.in

सम्बन्धित भक्त्ति पाठहरू