चमत्कारका ३० दिननमूना

पत्रुसको सासुको चङ्गाइ
येशूले पत्रुसको सासूलाई निको पारेकोले पत्रुसले येशूलाई इन्कार गरेको भनी एउटा ठट्टा चलेको थियो। ठट्टा छोडौँ, यो साँच्चै नै एउटा सामान्य र दैनिक जीवनसँग जोडिएको चमत्कार हो जसलाई हामीले बेवास्ता गर्न सक्छौं वा सानो ठान्न सक्छौं। यस सानो घटनाको सुन्दरता यो हो कि येशूले हामीलाई हाम्रो दैनिक सामान्य जीवनमै भेट्नुहुन्छ। उहाँ पत्रुसको घरमा प्रवेश गर्नुभयो, र पत्रुसको सासु बिरामी भएको देख्दा उहाँले उनलाई छोएर निको पार्नु भयो।
येशूले तपाईंलाई तपाईंको दैनिक सामान्य जीवनमै भेट्नु भयो भने त्यो कस्तो देखिन्थ्यो होला? के तपाईंले उहाँलाई आफ्नो काम, शरीर, मन, सबैभन्दा नजिकका सम्बन्धहरु, सपना र इच्छा स्पर्श गर्न निम्तो दिनुभएको छ? येशू हामीलाई त्यहीँ भेट्नुहुन्छ जहाँ हामी छौँ। उहाँ हाम्रो साथमा भेट गर्नका लागि हामी आत्मिक रूपमा कुनै उच्च स्तरमा पुग्ने पर्खाइ गर्नुहुन्न, बरु इम्माउस जाने बाटोमा रहेका दुई जनालाई जस्तै, उहाँ हाम्रा हरेक दिनका यात्रामा हामीलाई भेट्नुहुन्छ।जब हामी उहाँको वचन वा उहाँको तरिका बुझ्न संघर्ष गरिरहेका हुन्छौँ, उहाँले एथियोपियाका दरबारका अधिकारीलाई जस्तै, जसलाई फिलिपले बाटोमा रथमा भेटेर सुसमाचार सुनाए, त्यस्तै मद्दत पठाउन सक्नुहुन्छ।
उहा नै हाम्रो परमेश्वर हुनुहुन्छ, जोहाम्रो दैनिक जीवनमै, कुनै तामझाम र भव्यताविना, भेट्न आउनुहुन्छ र सामान्य कुरालाई सुन्दर बनाइदिनुहुन्छ।चमत्कारको पर्खाइमा बस्दा दैनिक सामान्य जीवनमा परमेश्वरलाई गुमाउने गल्ती नगर्नुहोस्। दैनिक सामान्य कुरा तब महिमामय बन्छ जब ख्रीष्ट त्यसमा प्रवेश गर्नुहुन्छ र आफ्ना हातले त्यसलाई स्पर्श गर्नुहुन्छ।
धर्मशास्त्र
यस योजनाको बारेमा

जब येशू पृथ्वीमा आउनुभयो, उहाँले मानिसहरूका लागि चमत्कारका कार्यहरू गर्नुभयो। यो बाइबल योजना पढ्दै गर्दा, हामी आशा गर्छौं कि तपाईंले आफ्नो जीवनमा सम्पूर्ण रूपमा येशूलाई अनुभव गर्नुहुनेछ। यस पृथ्वीमा जीवितरहँदा, हामीले परमेश्वरको अलौकिक कार्यहरूमा विश्वास गर्न छोड्नु हुँदैन।
More
हामी यो योजना उपलब्ध गराउनु भएकोमा We Are Zion लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: www.instagram.com/wearezion.in
