चमत्कारका ३० दिननमूना

चमत्कारका ३० दिन

दिन 3 को 30

दुष्ट आत्माले ग्रस्त मानिसको छुटकारा

येशूले आफूले सिकाउनुभएको कुरा व्यवहारमा उतार्नुभयो। यसको ठ्याक्कै अर्थ के हो?हो, उहाँले आराधनालयमा अधिकारसहित शिक्षा दिनुभयो, जुन व्यवस्था शिक्षकहरूको भन्दा बिल्कुलै फरक थियो। त्यसपछि उहाँले एउटा मानिसबाट दुष्ट आत्मा निकालेर त्यसलाई व्यवहारमा उतार्नुभयो।

अद्भुत कुरा यो हो कि दुष्ट आत्माले ठीकसँग येशूको उद्देश्य चिनेर त्यसलाई प्रकट गरिदियो। के तपाईंले त्यो बुझ्नुभयो?त्यसले येशूलाई सोध्यो कि के उहाँ तिनीहरूलाई नाश गर्न आउनुभएको हो?येशूको सेवाकार्यको ठूलो अंश नै शैतानका कामहरू नष्ट गर्नु थियो। येशूले आफ्नो जीवनको उद्देश्य सुरुदेखि अन्त्यसम्म पूर्ण रूपमा जिउनुभयो। उहाँले अधिकारसहित शिक्षा दिनुभयो र त्यहि अधिकार मानिसहरूलाई स्वतन्त्र पार्न प्रयोग गर्नुभयो।

यदि तपाईंले कहिल्यै भावनात्मक, मानसिक, आत्मिक र शारीरिक रूपमा पूर्ण रूपमा अल्झिएको, काम गर्न असमर्थ र स्पष्टता बिना महसुस गर्नुभएको छ भने, तपाईंलाई थाहा छ कि तपाईंलाई बाँधेर राखेका ती अदृश्य साङ्लाहरूबाट मुक्त हुनु कति मूल्यवान छ। उद्धारकर्ता येशूसँग हामीलाई बाँधिएको र टुक्रिएको कुनै पनि कुराबाट मुक्त गर्ने सम्पूर्ण सामर्थ्य छ। परमेश्वरको पुत्र भएको कारणले गर्दा, उहाँसँग अन्धकारको हरेक शक्तिमाथि सम्पूर्ण अधिकार थियो, र आज पनि उहाँ शैतानमाथि विजयी हुनुहुन्छ।उहाँले यो शक्ति आफूमा मात्र सीमित राख्नुभएन तर ख्रीष्टलाई आफ्नो उद्धारकर्ताको रूपमा स्वीकार गर्ने हामी प्रत्येकलाई दिनुभयो। परमेश्वरका सन्तान र ख्रीष्टका सह-उत्तराधिकारी भएकाले,हामीसँग स्वर्ग र पृथ्वीमा सर्प र बिच्छीहरूलाई कुल्चने र नरकका सबै शक्तिहरूमाथि अधिकार छ। के त्यो अद्भुत होइन र?तैपनि प्रायः हामी आफैँलाई असहाय र कमजोर महसुस गर्छौँ, किनभने हामीले येशूलाई हाम्रो जीवनमा स्वीकार गर्दा उहाँले हामीलाई दिनुभएको अधिकारलाई बिर्सन्छौं। यस अधिकारले हामीलाई पापको बन्धनको अदृश्य तर वास्तविक पिंजडामा थुनेर राख्ने शत्रुको प्रयासमाथि विजयी भएर जिउन सक्षम बनाउँछ।

के तपाईं येशूले सिकाउनुभएको सबै कुरा व्यवहारमा उतार्नुहुन्छ? के तपाईं परमेश्वरका सन्तानको रूपमा उहाँले तपाईलाई दिनुभएको अधिकारमा हिँड्नुहुन्छ? के तपाईंशत्रुद्वारा सीमित र टुक्रिएको अवस्थामा बाँचिरहनुभएको छ?परमेश्वरले दिनुभएको अधिकारमा उठ्ने र उहाँको आत्माद्वारा तपाईंभित्र भएको परमेश्वरको सामर्थको माध्यमबाट शत्रुलाई कुल्चिने समय आएको छ।

यस योजनाको बारेमा

चमत्कारका ३० दिन

जब येशू पृथ्वीमा आउनुभयो, उहाँले मानिसहरूका लागि चमत्कारका कार्यहरू गर्नुभयो। यो बाइबल योजना पढ्दै गर्दा, हामी आशा गर्छौं कि तपाईंले आफ्नो जीवनमा सम्पूर्ण रूपमा येशूलाई अनुभव गर्नुहुनेछ। यस पृथ्वीमा जीवितरहँदा, हामीले परमेश्वरको अलौकिक कार्यहरूमा विश्वास गर्न छोड्नु हुँदैन।

More

हामी यो योजना उपलब्ध गराउनु भएकोमा We Are Zion लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: www.instagram.com/wearezion.in

सम्बन्धित भक्त्ति पाठहरू