इस्राएल र यहूदी जातिप्रति घृणानमूना

इस्राएल र यहूदी जातिप्रति घृणा

दिन 7 को 7

सातौँदिन – इस्राएलको लागि प्रार्थना गर्नु

इस्राएल प्रतिको घृणा मूलरूपमा परमेश्वर प्रतिको घृणा होभन्ने कुरातपाईंले यो पठन योजना मार्फत पत्ता लगाउनुभएको छभन्नेमलाई आशा छ।यहूदीहरूको इतिहास संघर्ष, सतावट र गहिरो उपत्यकाहरूको इतिहास हो। तापनि परमेश्वर आफ्ना प्रतिज्ञाहरूमा अडिग हुनुहुन्छ र उहाँले इस्राएललाई आशिष्दिनेहरूलाई आफ्नो आशिषको प्रतिज्ञा गर्नुभएको छ।त्यसैले हरेक दिन इस्राएलको लागि प्रार्थना गर्नुअसलहो।

किन ? पहिलो, परमेश्वरको लागि: बाइबलमा परमेश्वरले बारम्बार देखाउनुहुन्छ कि उहाँ आफ्ना मानिसहरूको कति ख्याल राख्नुहुन्छ र प्रेम गर्नुहुन्छ।यसको उदाहरण तपाईं यर्मिया ३१ मा पढ्न सक्नुहुन्छ।परमेश्वर आफ्ना मानिसहरूप्रतिप्रेमले पूर्ण हुनुहुन्छ।इस्राएलको लागि प्रार्थना गर्नु भनेको परमेश्वरको आफ्नै हृदयलेचाहेअनुसारप्रार्थना गर्नु हो !

यसबाहेक, प्रार्थना एउटा हतियारपनि हो ।हालैका दिनहरूमा तपाईंले इस्राएलप्रतिको घृणाको बारेमा धेरै पढ्नुभएको छ।यसको मूलमा, यो एक आत्मिक युद्ध हो: शैतानले परमेश्वरलाई सकेसम्म धेरै तरिकाले प्रहार गर्न खोजिरहेको छ र परमेश्वरका जनहरूतर्फ, उहाँको आँखाको नानीतर्फ आफ्ना तीरहरू लक्षित गरिरहेको छ।त्यसैकारणयरूशलेम र इस्राएलको लागि प्रार्थना गर्नु यस युद्धमा एउटा महत्त्वपूर्ण हतियार हो।आखिर, धर्मी व्यक्तिको शक्तिशाली प्रार्थनाले धेरैकामगर्छ (याकूब ५:१६) !

अन्तमा, यो बाइबलीय आज्ञा हो ! भजनसंग्रह १२२:६ ले भन्दछ, "यरूशलेमकाशान्तिकोनिम्तिप्रार्थना गर।" त्यसोभए त्यसै गरौं !

तपाईं केको लागि प्रार्थना गर्न सक्नुहुन्छ ? यहाँ केही प्रार्थना बुँदाहरू छन्:

· यहूदीजातिको शान्तिको लागि प्रार्थना गर्नुहोस्: तिनीहरूलाई नष्ट गर्न खोज्ने राष्ट्रहरू र संगठनहरूबाट आउने सबैजोखिमहरूबाट परमेश्वरको सुरक्षाको लागि।

· संसारभरका यहूदीहरूइस्राएलफर्कनको लागि प्रार्थना गर्नुहोस्।

· मसिह,यहूदी येशूको शीघ्र आगमनको लागि प्रार्थना गर्नुहोस्।

· संसारको लागि परमेश्वरको योजनामा इस्राएलको विशेष स्थानलाई ख्रीष्टियन चर्चले पहिचान गरोस् भनेर प्रार्थना गर्नुहोस्।

इस्राएलको लागि एक विशेष दैनिक प्रार्थनासूचिचाहनुहुन्छ ?क्रिश्चिएन्स फर इजराएलको नि:शुल्क र्थना क्यालेन्डरप्राप्त गर्नुहोस्। यसका लागि www.c4israel.org/prayer मा जानुहोस् ।

यस योजनाको बारेमा

इस्राएल र यहूदी जातिप्रति घृणा

एक जातिका रूपमा इस्राएललाई युगौंदेखि घृणा गरिएको छ । इस्राएलको भूमिमा प्रवेश गर्नुभन्दा पहिले नै, राजा बालाले तिनीहरूलाई सराप दिन बालाम अगमवक्तालाई ज्यालामा लिएका थिए । पछि हामानले यहूदीहरूलाई नष्ट गर्न खोज्यो । शताब्दीयौंदेखि यहूदी-विरोधी मतले विभिन्न रूप लिएको छ । दुर्भाग्यवश, यस्तो भावना प्रायः चर्च भित्रबाटै बढेको थियो । इस्राएलप्रतिको यो घृणा कहाँबाट आउँछ ?

More

हामी यो योजना उपलब्ध गराउनु भएकोमा Christians for Israel International लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: www.c4israel.org