इस्राएल र यहूदी जातिप्रति घृणानमूना

इस्राएल र यहूदी जातिप्रति घृणा

दिन 4 को 7

चौथोदिन – यहूदी इतिहासको सबैभन्दा अँध्यारो उपत्यका

विगत केही दिनदेखि मैले तपाईंलाईइस्राएलर यहूदी जनताप्रतिको घृणाको बारेमा धेरै कुरा भनेको छु।त्यसकोसबैभन्दा तल्लो बिन्दु हलोकास्टको समयमा ६० लाख यहूदीहरूको हत्या हो।यहूदीहरूले यसलाई "सोआ" भन्छन्, जसको हिब्रू अर्थ "विनाश" हो।योसुनियोजितहत्या युरोपमा भएको थियो, जुन मुख्यतया ईसाई थियो,यो कुराले हामीलाई सोच्नबाध्य बनाउँछ।

तपाईंले भर्खरै अगमवक्ता इजकिएललाई देखाइएको भविष्यवाणी पढ्नुभएको छ।सुकेका हड्डीहरूको उपत्यकाको दर्शन।यो एउटा भयानक दर्शन हो: मानव हड्डीहरूले भरिएको खोंच ...

युक्रेनको किभ नजिकैपनिएउटा खोँच छ।यसलाई बाबी यार भनिन्छ।१९४१ मा दुई दिन भित्रै यो खोँच सामूहिक चिहानमा परिणत भयो।यहाँ ३३,७७१ यहूदीहरूलाई गोली हानी खोल्सामा फालिएको थियो।पूर्वी युरोपमा यस्ता सयौं सामूहिक चिहानहरू छन्...

यो कुनैअचम्मको कुरा होइन किजब यहूदीहरूले इजकिएलको भविष्यवाणी पढ्छन्, तिनीहरूलेसोआको बारेमासोच्छन्।यरूशलेमको हलोकास्ट संग्रहालय, यादभासेमको प्रवेशद्वार माथि इजकिएल ३७:१४कुँदिएकोछ: "म मेरो आत्‍मा तिमीहरूमा हालिदिनेछु र तिमीहरू बाँच्‍नेछौ । म तिमीहरूलाई तिमीहरूको आफ्‍नै देशमा बसाल्‍नेछु । तब तिमीहरूले यो जान्‍नेछौ,कि म परमप्रभुले नै यो भनेको हुँ,र मैले नै यो गरेको हुँ,परमप्रभु भन्‍नुहुन्‍छ ।’" इजकिएलको भविष्यवाणी इस्राएलको बारेमा हो।रक्तपातपूर्ण इतिहासको सबैभन्दा गहिराखोंचहरूबाट, परमेश्वरले आफ्ना मानिसहरूलाई फेरि जीवन दिनुहुन्छ।उहाँले तिनीहरूलाई इस्राएलको भूमिमा फिर्ता ल्याउनुहुन्छ र तिनीहरूमा आफ्नो आत्माफुकिदिनेप्रतिज्ञा गर्नुहुन्छ।उहाँले तिनीहरूलाई तिनीहरूको चिहानबाट उठाउनुहुनेछ।इस्राएलप्रतिको सबैभन्दा गहिरो घृणालेसमेतआफ्ना मानिसहरूप्रतिको परमेश्वरको प्रेमलाई टार्न सक्दैन।उहाँले तिनीहरूलाई मृत्युबाट जीवनमा ल्याउनुहुनेछ।उहाँले तिनीहरूलाई घर ल्याउँदै हुनुहुन्छ र आफ्ना मानिसहरूलाई पुनर्स्थापित गर्नुहुनेछ !

आजयोप्रार्थना गर्नुहोस्: हेपरमेश्वर, हामी तपाईंकामानिसहरूको पीडा बुझ्न सक्दैनौंइतिहासभरि

नैउनीहरूलाई घृणा गरिएको छ, सताइएको छ र हत्या गरिएको छमलाई उनीहरूकोसाथमा उभिन र उनीहरूले दुःख भोग्दा उनीहरूसँगै दुःख भोग्न मद्दत गर्नुहोस्हलोकास्टको गहिराइबाट उनीहरूलाई घर ल्याउनुभएकोमा धन्यवादआमेन

धर्मशास्त्र

यस योजनाको बारेमा

इस्राएल र यहूदी जातिप्रति घृणा

एक जातिका रूपमा इस्राएललाई युगौंदेखि घृणा गरिएको छ । इस्राएलको भूमिमा प्रवेश गर्नुभन्दा पहिले नै, राजा बालाले तिनीहरूलाई सराप दिन बालाम अगमवक्तालाई ज्यालामा लिएका थिए । पछि हामानले यहूदीहरूलाई नष्ट गर्न खोज्यो । शताब्दीयौंदेखि यहूदी-विरोधी मतले विभिन्न रूप लिएको छ । दुर्भाग्यवश, यस्तो भावना प्रायः चर्च भित्रबाटै बढेको थियो । इस्राएलप्रतिको यो घृणा कहाँबाट आउँछ ?

More

हामी यो योजना उपलब्ध गराउनु भएकोमा Christians for Israel International लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: www.c4israel.org