इस्राएल र यहूदी जातिप्रति घृणानमूना

इस्राएल र यहूदी जातिप्रति घृणा

दिन 5 को 7

पाँचौँदिन – इस्राएलको पुनर्स्थापना

इस्राएलप्रतिको घृणाको अर्को कारण मसीहको आगमन विरुद्धको लडाइँहो।शैतानलाई थाहा छ कि प्रभु येशू फर्किएपछि, उसकादिनहरू गन्ती भइसकेका छन्।शैतानलाई यो पनि थाहा छ कि इस्राएलको पुनर्स्थापना प्रभु येशूको आगमनभन्दा पहिले हुनेछ।त्यसकारण, उसले इस्राएलको पुनर्स्थापना र यसरी येशूको आगमनलाई रोक्नको लागि आफ्नो शक्तिले भ्याएसम्मसबै गर्नेछ।

तापनि तपाईंले देख्न सक्नुहुन्छ कि सतावट र संघर्षहरूमा पनि परमेश्वर विश्वासयोग्य हुनुहुन्छ।इस्राएलका मानिसहरूको अस्तित्वयसकोएउटा स्पष्ट संकेत हो।परमेश्वरले आफ्ना मानिसहरूलाई रक्षा गर्नुहुन्छ।कुनै पनि शत्रुले तिनीहरूलाई पूर्ण रूपमा नष्ट गर्न सक्नेछैन।हलोकास्टकोठिक तीन वर्षपछि, इस्राएलको इतिहासको सबैभन्दा अँध्यारो रातमा, इस्राएल राज्यको स्थापना भयो।इस्राएल जीवित छ !

के शैतानले इस्राएलको पुनर्स्थापनाको विरुद्धमा विद्रोह गर्दैनथ्यो ? बाइबलले इस्राएललाईथिचोमिचोगर्ने राष्ट्रहरूलाई चेताउनी दिन्छ।तिनीहरूले इस्राएललाईजे गरे त्यसकोलागि एक दिन यी राष्ट्रहरूबाटलेखा दिइनेछ।के युद्ध र आतंकको निरन्तर खतरा र इस्राएल वरपरका राजनीतिक छलफलहरू इस्राएलको पुनर्स्थापनालाई विफल पार्ने शैतानको प्रयासको अभिव्यक्ति हुन सक्छन्?

आजयस्तोप्रार्थना गर्नुहोस्: इस्राएलका परमेश्वर, धन्यवाद छ कि तपाईं आफ्ना मानिसहरूप्रति विश्वासयोग्य हुनुहुन्छ र इस्राएललाई पुनर्स्थापित गर्नुहुनेछम तपाईंलाई मसिह, प्रभु येशूलाइपठाइदिनुहुन अनुरोध गर्दछुतपाईंका मानिसहरूलाई नष्ट गर्ने शैतानको योजनालाई रोक्नुहोस्संसारका राष्ट्रहरूलाई पश्चात्तापमा ल्याउनुहोस् ताकि तिनीहरूले देखुन् कि तपाईं परमेश्वर हुनुहुन्छआमेन

धर्मशास्त्र

यस योजनाको बारेमा

इस्राएल र यहूदी जातिप्रति घृणा

एक जातिका रूपमा इस्राएललाई युगौंदेखि घृणा गरिएको छ । इस्राएलको भूमिमा प्रवेश गर्नुभन्दा पहिले नै, राजा बालाले तिनीहरूलाई सराप दिन बालाम अगमवक्तालाई ज्यालामा लिएका थिए । पछि हामानले यहूदीहरूलाई नष्ट गर्न खोज्यो । शताब्दीयौंदेखि यहूदी-विरोधी मतले विभिन्न रूप लिएको छ । दुर्भाग्यवश, यस्तो भावना प्रायः चर्च भित्रबाटै बढेको थियो । इस्राएलप्रतिको यो घृणा कहाँबाट आउँछ ?

More

हामी यो योजना उपलब्ध गराउनु भएकोमा Christians for Israel International लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: www.c4israel.org