इस्राएल र यहूदी जातिप्रति घृणानमूना

दोस्रोदिन –परमेश्वरको आँखाको नानी
तपाईंले भर्खरै पढ्नुभएको पदमा भनिएको छ कि इस्राएल परमेश्वरको आँखाको नानी हो।जसले इस्राएलका मानिसहरूमाथिआक्रमणगर्छ उसले परमेश्वरमाथि नैआक्रमणगर्छ।तपाईंको आँखा संवेदनशीलअङ्गहो। त्यसमाजलन वा पीडा दिनको लागि धुलोको एउटैकण मात्र पनि पर्याप्त छ।जसले परमेश्वरका मानिसहरूलाई चोट पुर्याउँछ उसले परमेश्वरलाई नै चोट पुर्याउँछ।
शैतान परमेश्वरको ठूलो शत्रु हो, उहाँलाईचोटपुर्याउन उसले सक्दोप्रयासगर्छ।शैतानलाई थाहा छ कि ऊ परमेश्वरलाई हराउन सक्दैन, त्यसैले उसले परमेश्वरका मानिसहरूमाथि आक्रमण गरेर परमेश्वरलाई प्रहार गर्ने प्रयास गर्छ।परमेश्वरले अब्राहामलाई बोलाउनुभयो र उनका सन्तानहरू महान् हुनेछन् भनी प्रतिज्ञा गर्नुभयो।इस्राएलका मानिसहरूलाई संसारमा ज्योति बन्न नियुक्त गरिएको थियो ताकि अन्य राष्ट्रहरूले जीवित परमेश्वर को हुनुहुन्छ भनेर देख्न सकून्।यसले इस्राएल र यहूदी मानिसहरू विरुद्ध सधैं आक्रमणहरू किन भइरहेका छन् भन्ने कुरा स्पष्ट पार्छ।शैतानलाई थाहा छ कि यदि उसले तिनीहरूको नामोनिसानमेटाइदियोभनेपरमेश्वरको नाम सम्झिइनेछैन।त्यो नै उसको लक्ष्य हो: यदि मानिसहरूले परमेश्वरको बारेमा सोच्दैनन् भने, कोही पनि उहाँतिर फर्कने छैन।
शैतानले सकेसम्म धेरै मानिसहरूलाई अगाध खाडलमाहाल्नखोजिरहेको छ; ऊ गर्जने सिंह जस्तै घुमिरहेको छ।
तापनि मानवकारूपमाहामीलेके गर्छौं भन्ने कुरामा परमेश्वरका प्रतिज्ञाहरू निर्भर गर्दैनन्।परमेश्वर विश्वासयोग्य हुनुहुन्छ र उहाँले जे गर्छुभन्नुभएको छ त्यही गर्नुहुन्छ।त्यसकारण, शैतानले इस्राएललाई कहिल्यै पनि नष्ट गर्न सक्दैन, यद्यपि ऊ इतिहासमाउसले कैयौँपटकइस्राएललाई झण्डै नष्ट गरेकोछ।किनभने यदि ऊ सफल भयो भने, यसको अर्थ परमेश्वर विश्वासयोग्य हुनुहुन्न भन्ने हुनेछ।उहाँले आफ्ना मानिसहरूको रक्षा गर्नेप्रतिज्ञा गर्नुभएको छ।सौभाग्यवश, हामी निश्चित रूपमा जान्न सक्छौं कि परमेश्वरले सधैं आफ्ना प्रतिज्ञाहरू पूरा गर्नुहुन्छ !
आज प्रार्थना गर्नुहोस्: प्रभु परमेश्वर, धन्यवाददिन्छु कितपाईं विश्वासयोग्य हुनुहुन्छ।तपाईंका जनहरूको इतिहासभरि तपाईंले सधैं यो प्रमाणित गर्नुभएको छ।प्रभु येशूमार्फत तपाईंलाईधन्यवाद कि तपाईं हामीप्रति पनि विश्वासयोग्य हुनुहुन्छ भनेर हामी जान्न सक्छौँ।हामीलाई दुष्टबाट छुटकारा दिनुहोस् र तपाईंको इच्छा स्वर्ग र पृथ्वीमा पूरा होस्।आमेन।
धर्मशास्त्र
यस योजनाको बारेमा

एक जातिका रूपमा इस्राएललाई युगौंदेखि घृणा गरिएको छ । इस्राएलको भूमिमा प्रवेश गर्नुभन्दा पहिले नै, राजा बालाले तिनीहरूलाई सराप दिन बालाम अगमवक्तालाई ज्यालामा लिएका थिए । पछि हामानले यहूदीहरूलाई नष्ट गर्न खोज्यो । शताब्दीयौंदेखि यहूदी-विरोधी मतले विभिन्न रूप लिएको छ । दुर्भाग्यवश, यस्तो भावना प्रायः चर्च भित्रबाटै बढेको थियो । इस्राएलप्रतिको यो घृणा कहाँबाट आउँछ ?
More
हामी यो योजना उपलब्ध गराउनु भएकोमा Christians for Israel International लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: www.c4israel.org
सम्बन्धित भक्त्ति पाठहरू

धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली

ख्रीष्टको अनुसरण गर्नु

क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना

ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु
इस्राएल र यहूदी जातिप्रति घृणा

इस्टर नै क्रुस हो - 4 दिने भिडियो योजना

इस्टर नै क्रुस हो - 8 दिने भिडियो योजना

परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य

आज्ञा दिनुहोस् – जीरो सम्मेलन
