इस्राएल र यहूदी जातिप्रति घृणानमूना

पहिलोदिन – परिचय
यो लेख्दै गर्दा, म यरूशलेममा बसिरहेको छु।यरूशलेम, त्यो शहर जसलाई परमेश्वरले आफ्नो बासस्थानको रूपमा तोक्नुभएको छ (जकरिया ८:३ पढ्नुहोस्)।तापनि यो शहरका लागिसधैं लडाइँ भएकोछअनिआज पनि राजनीतिक रूपमा विवादमाछ।यहूदी इस्राएलराज्यलेमात्र होइन, तर विश्वभरका यहूदीहरूले पनिप्रायदैनिक रूपमा धम्की र आक्रमणको सामना गर्नुपरेकोछ।के तपाईंलाई थाहा छ कियतिधेरै यहूदीहरूले आफ्नो यहूदीपरिचय देखाएरसडकमा हिंड्ने हिम्मतसमेतगर्दैनन्?
भजनसंग्रह ८३ मा इस्राएलबारेयो घृणा पहिले नै वर्णन गरिएको थियो: “आओ,हामी उनीहरूको जातिलाई नाश गरौं,ताकि इस्राएल भन्ने नाउँको सम्झना नै नरहोस् ।”
यसले मलाई तुरुन्तै दोस्रो विश्वयुद्धको सम्झना गराउँछ, जब ६० लाख यहूदीहरूको हत्या गरिएको थियो।किन तिनीहरूको हत्या गरियो ? किनभने तिनीहरू यहूदी थिए।यहूदीहरूमाथिउत्पीडन र यहूदी-विरोधीमत (यहूदीहरूप्रति घृणा) को सायद सबैभन्दा स्पष्ट उदाहरणहलोकास्टनै हो।तरइस्राएलको लागि, शताब्दीयौंदेखि घृणा, उत्पीडन र नरसंहारका अनगिन्ती उदाहरणहरू छन्।
अबकेही दिन, म तपाईंसँग मिलेर यो अबुझघृणा कहाँबाट आउँछ र यसमा ख्रीष्टियनहरूले कस्तो भूमिका खेलेका छन् भन्ने बारेमाचिन्तनगर्न चाहन्छु।के तपाईं मसँग सहभागी बन्नुहुनेछ ?
आज प्रार्थना गर्नुहोस्:हेपरमप्रभु परमेश्वर, अब्राहाम, इसहाक र याकूबका परमेश्वर।तपाईं इस्राएलका परमेश्वर हुनुहुन्छ , बाइबलमा यसरी नै तपाईंले आफूलाई चिनाउनुभएकोछ।भजनसंग्रह १२१ मा तपाईं आफूलाई इस्राएलको रक्षक भन्नुभएको छ।आफ्ना मानिसहरूसँगरहनुहोस्, तिनीहरूलाई बचाउनुहोस् र तिनीहरूको वरिपरिएउटाबलियो पर्खाल बन्नुहोस्।आमेन।
धर्मशास्त्र
यस योजनाको बारेमा

एक जातिका रूपमा इस्राएललाई युगौंदेखि घृणा गरिएको छ । इस्राएलको भूमिमा प्रवेश गर्नुभन्दा पहिले नै, राजा बालाले तिनीहरूलाई सराप दिन बालाम अगमवक्तालाई ज्यालामा लिएका थिए । पछि हामानले यहूदीहरूलाई नष्ट गर्न खोज्यो । शताब्दीयौंदेखि यहूदी-विरोधी मतले विभिन्न रूप लिएको छ । दुर्भाग्यवश, यस्तो भावना प्रायः चर्च भित्रबाटै बढेको थियो । इस्राएलप्रतिको यो घृणा कहाँबाट आउँछ ?
More
हामी यो योजना उपलब्ध गराउनु भएकोमा Christians for Israel International लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: www.c4israel.org
सम्बन्धित भक्त्ति पाठहरू

धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली

इस्टर नै क्रुस हो - 4 दिने भिडियो योजना

इस्टर नै क्रुस हो - 8 दिने भिडियो योजना

ख्रीष्टको अनुसरण गर्नु

क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना

ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु

आज्ञा दिनुहोस् – जीरो सम्मेलन

क्रिसमस तपाईंको हृदयमा छ - 14 दिने भिडियो योजना
इस्राएल र यहूदी जातिप्रति घृणा
