इस्राएल र यहूदी जातिप्रति घृणानमूना

तेस्रोदिन – चर्च र यहूदीहरू
रोमी ११ मा, पावलले इस्राएलको लागि गरिएका प्रतिज्ञाहरूको बारेमा कुरा गर्छन्।उनी भन्छन् कि पुरानोकरारमा गरिएका प्रतिज्ञाहरू अझै पनिकायमछन्।त्यसपछि उनलेदेखाउँछन् कि सुसमाचारप्रति इस्राएलको शत्रुता अन्यजातिहरू (गैर-यहूदीहरू) मा पनि येशूको मुक्तिको सन्देश पुर्याउने परमेश्वरको योजनाकैअंश हो ! यसो गर्दा, पावलले स्पष्ट पार्छन् कि परमेश्वरले आफ्ना मानिसहरूलाईइन्कार गर्नुभएन।उहाँका प्रतिज्ञाहरूकायमरहन्छन् !
दुर्भाग्यवश, चर्चका धेरै मानिसहरूले विश्वास गरेकि परमेश्वरले इस्राएललाईफालिदिनुभएको थियो।येशूको मृत्युको लागि यहूदीहरूलाई दोष लगाइयो र प्रायः सताइयो।चर्चलेअबइस्राएलअसान्दर्भिकभएको दाबी गर्यो।अब ख्रीष्टियनहरू "नयाँ इस्राएल" थिए।यसलाई 'प्रतिस्थापनकोईश्वरशास्त्र' भनिन्छ।प्रतिस्थापनकोईश्वरशास्त्र अनुसारअबइस्राएलकोगणना गरिँदैन; ख्रीष्टियनहरू अब "परमेश्वरका मानिसहरू"बनेकाथिए।के त्यो सत्य हुन सक्छ ? के परमेश्वरले अब्राहामसँग अनन्त करार गर्नुभएको थिएन ? त्यो त्यतिबेला नै समाप्त भएन,भयो त?
दुर्भाग्यवश, प्रतिस्थापन ईश्वरशास्त्रको परिणामले ईसाई धर्मको इतिहासलाई कलंकित बनाएको छ।ईसाई धर्मयुद्धकर्ताहरूले यरूशलेम जाँदै गर्दा अनगिन्ती यहूदीहरूको हत्या गरे।प्रसिद्ध सुधारक मार्टिन लुथरले सभाघर र यहूदी पुस्तकहरू जलाउन र रब्बीहरूलाई शिक्षा दिनप्रतिबन्ध लगाउन आह्वान गरे।हलोकास्टको समयमा, जर्मन पोशाकको बेल्ट बकल(पेटी)मायस्तोलेखिएकोहुन्थ्यो, "परमेश्वर हामीसँग"।र आज पनि, धेरै ईसाईहरूलेसोच्छन् किइस्राएलपुरानो र अप्रासंगिकबनेकोछ।तर यदि परमेश्वरले आफ्ना मानिसहरूलाई यति धेरैप्रेम गर्नुहुन्छ भने, के हामीले पनि त्यस्तै गर्नुपर्दैन ?
आज प्रार्थना गर्नुहोस्: प्रभु परमेश्वर, मलाई थाहा छ कि विगतमा ख्रीष्टियनहरूले तपाईंका मानिसहरूलाई धेरै हानि पुर्याएका छन्।हामी प्रायः तपाईंका प्रतिज्ञाहरू आफ्नै लागिमात्र लागू गर्छौं, जबकितिनीहरूसंसार र तपाईंका मानिसहरूको लागितपाईंको विशेष योजनाको बारेमा हुन्छन्।यहूदीहरूलाई तपाईंका प्रतिज्ञाहरू अझै पनिकायमछन् भनी मलाई देखाउन मदत गर्नुहोस्।तपाईंका मानिसहरूसँग रहनुहोस् र तपाईंले तिनीहरूलाई जतिप्रेम गर्नुहुन्छ तिनीहरूलाई त्यति नैप्रेम गर्न मलाई मदत गर्नुहोस्।आमेन।
धर्मशास्त्र
यस योजनाको बारेमा

एक जातिका रूपमा इस्राएललाई युगौंदेखि घृणा गरिएको छ । इस्राएलको भूमिमा प्रवेश गर्नुभन्दा पहिले नै, राजा बालाले तिनीहरूलाई सराप दिन बालाम अगमवक्तालाई ज्यालामा लिएका थिए । पछि हामानले यहूदीहरूलाई नष्ट गर्न खोज्यो । शताब्दीयौंदेखि यहूदी-विरोधी मतले विभिन्न रूप लिएको छ । दुर्भाग्यवश, यस्तो भावना प्रायः चर्च भित्रबाटै बढेको थियो । इस्राएलप्रतिको यो घृणा कहाँबाट आउँछ ?
More
हामी यो योजना उपलब्ध गराउनु भएकोमा Christians for Israel International लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: www.c4israel.org
सम्बन्धित भक्त्ति पाठहरू

धर्म-शास्त्रीय पद कण्ठस्थ (नयाँ नियम) - आवाज नेपाली

ख्रीष्टको अनुसरण गर्नु

क्रिसमस तपाईंको हृदयमा छ - 7 दिने भिडियो योजना

ब्यक्तिगत स्वार्थ र चिन्तालाई पराजित गर्नु
इस्राएल र यहूदी जातिप्रति घृणा

इस्टर नै क्रुस हो - 4 दिने भिडियो योजना

इस्टर नै क्रुस हो - 8 दिने भिडियो योजना

परमेश्वरको आर्मर - प्रेरितहरूको कार्य

आज्ञा दिनुहोस् – जीरो सम्मेलन
