भाइ हो, आफ्नै अभिमानमा तिमीहरू बुद्धिमान् हुन खोज्छौ कि भनेर तिमीहरू यो रहस्य बुझ भन्ने म चाहन्छु, कि अन्यजातिहरूको संख्या पूर्ण नभएसम्म इस्राएलीहरूको एक अंशमा कठोरता आएको छ। यसरी सारा इस्राएलको उद्धार हुनेछ, जस्तो लेखिएको छ: “उद्धारक सियोनबाट आउनुहुनेछ, उहाँले याकूबबाट अधर्म हटाउनुहुनेछ।” “अनि तिनीहरूसँग मेरो करार यही हुनेछ, जब म तिनीहरूका पाप हरण गर्नेछु।” सुसमाचारको हिसाबले त तिनीहरू तिमीहरूका खातिर परमेश्वरका शत्रुहरू हुन्, तर चुनाउको हिसाबले चाहिँ पूर्वजहरूका खातिर तिनीहरू प्रियहरू हुन्। किनभने परमेश्वरका वरदान र बोलावट अटल छन्। किनकि जसरी तिमीहरू पनि एक पल्ट परमेश्वरको आज्ञापालन नगर्नेहरू थियौ, तर अब तिनीहरूको अनाज्ञाकारिताले गर्दा तिमीहरूले कृपा पाएका छौ। तिमीहरूलाई कृपा देखाइएकोले गर्दा तिनीहरूले पनि कृपा प्राप्त गरून् भनी तिनीहरू अहिले अनाज्ञाकारी भएका छन्। किनभने परमेश्वरको कृपा सबै मानिसहरूमाथि होस् भनेर उहाँले सबैलाई अनाज्ञाकारितामा नै सुम्पनुभएको छ।
रोमी 11 पढ्नुहोस्
सुन्नुहोस् रोमी 11
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: रोमी 11:25-32
7 दिनहरू
एक जातिका रूपमा इस्राएललाई युगौंदेखि घृणा गरिएको छ । इस्राएलको भूमिमा प्रवेश गर्नुभन्दा पहिले नै, राजा बालाले तिनीहरूलाई सराप दिन बालाम अगमवक्तालाई ज्यालामा लिएका थिए । पछि हामानले यहूदीहरूलाई नष्ट गर्न खोज्यो । शताब्दीयौंदेखि यहूदी-विरोधी मतले विभिन्न रूप लिएको छ । दुर्भाग्यवश, यस्तो भावना प्रायः चर्च भित्रबाटै बढेको थियो । इस्राएलप्रतिको यो घृणा कहाँबाट आउँछ ?
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू