येशू को हुनुहुन्छ? भाग १नमूना

उदाहरण क हेर्नुहोस्
अबको केही अध्यायहरूमा, हामी येशूको सबैभन्दा प्रख्यात उपदेशहरू मध्ये एक, डाँडाको उपदेशलाई राम्रोसँग हेर्नेछौ। यस उपदेशमा, येशूले हामीलाई परमेश्वरसँग राख्ने नयाँ प्रकारको सम्बन्धको बारेमा परिचय दिनुहुन्छ। यो सम्बन्ध धार्मिक कार्यहरूमा होइन तर परमेश्वरको सन्तान भएको हेतुले उहाँको परिवारमा समावेश गरिएको आधारमा स्थापित छ।
यहाँ हामीले येशू र मोशा बिचको समानताहरूलाई फेरि देख्दछाै।
याद गर्नुहोस्, मोशा पहाडमा गए र परमेश्वरबाट दश आज्ञा—व्यवस्था—प्राप्त गरे। उहाँले इस्राएलीहरूलाई परमेश्वरका मानिसहरू भएर कसरी जिउनु पर्छ भनेर सिकाउनुभयो र वरिपरिका राष्ट्रहरूलाई परमेश्वरको प्रतिनिधित्व गर्नुभयो।
येशू पनि पहाडमा सिकाउन जानुभयो, तर उहाँले हामीलाई व्यवस्थाले पहिले बाटै पूरा गर्न खोजेको कुरालाई सिकाउनु भयो। यो व्यवहार परिमार्जनको बारेमा थिएन तर हृदय रूपान्तरणको बारेमा थियो। र यस रूपान्तरण मार्फत हामीले अरूहरूलाई परमेश्वरले हामीलाई देखाउनु भएको प्रेम देखाएर परमेश्वरलाई प्रतिबिम्ब गर्ने मानिसहरू बन्न सक्छौ।
येशूले हामीलाई यो देखाउनुभयो कि परमेश्वरका मानिसहरूको रूपमा जिउनको निम्ति हाम्र बाहिरी अभिव्यक्तिहरू मात्र पर्याप्त छैनन् तर हाम्र आन्तरिक प्रेरणाहरू पनि महत्त्वपूर्ण छन्।
“तिमीहरूले यसो भनेको सुनेका छौ, ‘तैंले व्यभिचार नगर्।’ तर म तिमीहरूलाई भन्दछु, जसले कोही स्त्रीलाई कामवासनाको इच्छाले हेर्दछ, त्यसले अघिबाटै आफ्नो हृदयमा त्यससँग व्यभिचार गरिसकेको हुन्छ।” मत्ती ५ः२७-२८ नेपाली नयाँ संशोधित संस्करण
यस अध्यायमा येशूले बारम्बार यहि भन्दै हुनुहुन्छ कि व्यवस्था पूरा गर्नु भनेको हाम्रो आफ्नै हृदयको वातावरणलाई खेती गर्नु जस्तै हो। सुरु देखिनै खास कुरा यही नै थियो। तर हामीले हाम्रो ध्यान गुमायौं। हामीले हाम्रो दृष्टिकोण गुमायौं।
हामीले देख्दछौ कि जब मोशा पहाडमा परमेश्वरको उपस्थितिबाट तल आउनुभयो, उहाँले आफ्नो अनुहार छोप्नुपरेको थियो किनभने त्यसले परमेश्वरकै उज्ज्वल शुद्धतालाई झल्काएको थियो। त्यसै कारण उहाँले जे ल्याउनुभयो त्यो एउटा घुम्टो लगाइएको प्रतिविम्ब थियो। तर येशू हाम्रो अदृश्य परमेश्वरको सिद्ध र दृश्य स्वरूप हुनुहुन्छ! उहाँले मानव अवतार लिएर स्वर्गबाटै घुम्टो हटाउनुभयो र परमेश्वरले हामी प्रत्येकसँग कस्तो सम्बन्ध राख्न चाहनुहुन्छ भन्ने कुरालाई देखाउनुभयो। उहाँले हाम्रो दृष्टिकोणलाई पुनर्स्थापित गर्नुभयो र हामीले संसारमा कसरी परमेश्वरको प्रतिबिम्ब गर्नसक्छाै भन्नेउत्तम उदाहरण दिनुभयो।
धर्मशास्त्र
यस योजनाको बारेमा

येशू को हुनुहुन्छ? अन्तिम प्रश्न यही हो। किनकि यदि येशूले उहाँ जो हुनुहुन्छ भन्नुहुन्छ उहाँ साँच्चै त्यही नै हुनुहुन्छ भने, यसले सबै कुरा परिवर्तन गर्दछ। तर यदि येशूले उहाँ जो हुनुहुन्छ भन्नुहुन्छ उहाँ साँच्चै त्यही हुनुहुन्न भने, यसले पनि सबै कुरा परिवर्तन गर्दछ। मत्तीको सुसमाचार मार्फत यो अन्तिम प्रश्नको उत्तर खोज्न हाम्रो यात्राको पहिलो भागमा हामीसँग सामेल हुनुहोस्।
More