येशू को हुनुहुन्छ? भाग १नमूना

आफ्नो हेराइलाई जाँच्नुहोस्
अध्याय ६ मा हामी डाँडाको उपदेशलाई अझै हेर्नेछौ। यहाँ येशूले हामीलाई परमेश्वरसँग राख्ने नयाँ प्रकारको सम्बन्धको बारेमा परिचय दिनुहुन्छ। यो सम्बन्ध धार्मिक कार्यहरूमा होइन तर परमेश्वरको सन्तान भएको हेतुले उहाँको परिवारमा समावेश गरिएको आधारमा स्थापित छ। यो नयाँ प्रकारको सम्बन्धलाई चिन्ताले होइन तर भरोसाले निश्चित गराउँछ, किनकि जब हामीले परमेश्वर कुनै आकासिए तानासाह होइन तर हाम्रो पिता हुनुहुन्छ भन्ने कुरालाई बुझ्छौँ तब हामीले संसारलाई फरक तरिकाले हेर्न थाल्छौँ। यो खण्डमा येशूले व्याख्या गर्नुभएको कुरा यहीँ नै हो।
"यसकारण ‘के खाऔंला?’ कि ‘के पिऔंला?’ कि ‘के पहिरौंला?’ भनेर फिक्री नगर। किनकि अन्यजातिहरूले यी सब थोक खोज्दछन्, र तिमीहरूका स्वर्गमा हुनुहुने पिताले तिमीहरूलाई यी सबै थोकको खाँचो छ भनी जान्नुहुन्छ। तर पहिले उहाँको राज्य र उहाँका धार्मिकताको खोजी गर, र यी सबै थोक तिमीहरूका निम्ति थपिनेछन्।" मत्ती ६:३१-३३ नेपाली नयाँ संशोधित संस्करण
येशुले के भन्दै हुनुहुन्छ त? उहाँले यो भन्दै हुनुहुन्छ कि जब हाम्रो परमेश्वर प्रतिको बुझाइ गलत हुन्छ, तब हामीले संसारलाई चिन्ताको दृष्टिकोणबाट हेर्दछौ। अनि हामीलाई कहिल्यै सन्तुष्टि नदिने कुराहरूको पछि लागेर हाम्रो जीवन एउटा थकाउने चक्रमा बिताउँदछौँ ।
येशूको समयमा हेर्छौ भने, “मूर्ति पूजकहरू" अथवा अरू देवताहरूको उपासना गर्ने मानिसहरूले आफ्ना देवताहरूलाई खुसी पार्नको लागि निरन्तर बलिदान चढाउने गर्थे। यी मानिसहरूको ती देवताहरूसँग लेनदेनको "सम्बन्ध" मात्र थियो। "यदि मैले यो बलि मेरो देवतालाई चढाएँ भने, तिनले मलाई आशीर्वाद दिनेछन् र मलाई दण्ड दिने छैनन्।" तर येशूले अाफ्ना मानिसहृरूको परमेश्वरप्रतिको बुझाइमा यस्ता झूटा विचारहरूले प्रभाव पारेका छैनन् भनी पक्का गर्नुभएको छ। परमेश्वरसँगको सम्बन्ध हाम्रो निम्ति एउटा प्रेमीलो पितासँगको सम्बन्ध जस्तै छ भन्ने सत्यता यी अध्यायहरूले स्पष्ट रूपमा देखाउँदछ। येशूले हामीलाई कसरी प्रार्थना गर्न सिकाउनुभएको छ, हेर्नुहोस्:
“तर तिमीहरूचाहिँ यस किसिमले प्रार्थना गर: ‘हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ, तपाईंको नाउँ पवित्र होस्…’” मत्ती ६:९ नेपाली नयाँ संशोधित संस्करण
यो कति सुन्दर छ। परमेश्वरसँगको हाम्रो सम्बन्धलाई चिन्ताले होइन तर भरोसाले निश्चित गराउँछ किनभने परमेश्वर हाम्रो पिता हुनुहुन्छ।
तर तपाईँहरू मध्ये केही को लागी परमेश्वर हाम्रो पिता हुनुहुन्छ भन्ने कुराले सान्त्वना नदिन पनि सक्छ। शायद तपाईँको बुबा तपाईँलाई सुरक्षा दिने र तपाईंले विश्वास गर्नुहुने व्यक्ति हुनुहुन्थिएन। यी कारणहरूले तपाइलाई परमेश्वरसँग सम्बन्ध राख्नको लागी गाह्रो र अप्ठ्यारो बनाउँन सक्दछ। यसो हो भने यो थाहा गर्नुहोस् की परमेश्वर तपाईँको बुबा भन्दा उत्तम पिता होइन, तर उहाँ सिद्ध पिता हुनुहुन्छ। तपाईँको बुबा एउटा असल बुबा बन्न असफल हुनु भए तापनि परमेश्वर चाहिँ कहिल्यै असफल हुनुहुनेछैन। उहाँ सिद्ध हुनुहुन्छ। तपाँई उहाँलाई भरोसा गर्न सक्नुहुन्छ।
येशूले हामीलाई हामीसँग भएका कुनै पनि त्रुटिपूर्ण दृष्टिकोणहरूलाई हटाउन र परमेश्वर वास्तवमा को हुनुहुन्छ भनेर हेर्नको लागि बोलाउँदै हुनुहुन्छ—असल हृदय र शक्तिशाली बाहुली भएको पिता: जस माथि हामीले असल सम्भावित परिणामको निम्ति विश्वास गर्न सक्छौँ, जसबाट हामी भाग्दैनौ तर झन् उहाँ तिर दौडन्छौ, र जसलाई हामीले धार्मिक कार्यहरूद्वारा सन्तुष्ट पार्नु पर्दैन तर हृदयको रूपान्तरणको लागि भरोसा गर्न सक्छौं।
के तपाईं उहाँलाई भरोसा गर्नुहुन्छ?
धर्मशास्त्र
यस योजनाको बारेमा

येशू को हुनुहुन्छ? अन्तिम प्रश्न यही हो। किनकि यदि येशूले उहाँ जो हुनुहुन्छ भन्नुहुन्छ उहाँ साँच्चै त्यही नै हुनुहुन्छ भने, यसले सबै कुरा परिवर्तन गर्दछ। तर यदि येशूले उहाँ जो हुनुहुन्छ भन्नुहुन्छ उहाँ साँच्चै त्यही हुनुहुन्न भने, यसले पनि सबै कुरा परिवर्तन गर्दछ। मत्तीको सुसमाचार मार्फत यो अन्तिम प्रश्नको उत्तर खोज्न हाम्रो यात्राको पहिलो भागमा हामीसँग सामेल हुनुहोस्।
More