येशू को हुनुहुन्छ? भाग १नमूना

Who Is Jesus? Part 1

दिन 2 को 7

अब उप्रान्‍त दास होइन

के यस्तो एउटा गायक वा खेलाडी छ, जसलाई तपाइले सहनै सक्नुहुन्न तर तपाइको साथीलाई चाहिँ सारै मन पर्छ? प्रभावशाली व्यक्तिहरूको बारेमा मानिसहरूको धेरी विचारहरूहुन्छन्। हामीले येशूको बाल्यकाल देखि नै उहाँको जीवनमा यो कुराको अस्तित्व देख्न सक्छौ। ज्ञानी ज्योतिषीहरू उहाँलाई पुज्न चाहन्थिए। हेरोद राजा उहाँलाई मार्न चाहन्थिए। उहाँको वरिपरिको अशान्तिले बाकीका मानिसहरू त्रसित थेए। किन? येशू त बालक नै हुनुहुन्थ्यो। उहाँले आफ्नो पहिचानको बारेमा कुनै दाबी गरेका छैनन् वा अख्तियारको लागि माघ गरेको छैनन्। तैपनि हामी येशूको परिवारलाई आफ्नो ज्यानको लागि मिश्रमा भाग्न बाध्य भएको पाउँछौँ। 

जब ज्ञानी ज्योतिषीहरू त्यस क्षेत्रमा प्रवेश गरे, उनीहरूले सिधै हेरोदलाई सोधे, " यहूदीहरूका राजा भई जन्‍मने कहाँ हुनुहुन्‍छ?" 

यो सुनेर हेरोद एकदमै रिसाए। उहाँ यहूदीहरूका स्वघोषित राजा भएता पनि वास्तविकतामा उहाँ रोमी साम्राज्यको प्रतिनिधित्व गर्ने शासक मात्र थिए। हेरोद आफ्नो पदको शक्तिमा गहिरो र अहंकारी रूपमा संलग्न थिए।   

त्यसैले आफ्नो असुरक्षा र हताशमा, हेरोदले यो आदेश जारी गरे यस इलाका भित्रका दुई वर्ष र त्‍यसदेखि मुनिका सबै बालकहरूलाई मार्. डरलाग्दो कुरा यो छ कि, यहूदीहरूका बीचमा एउटा शासकले शिशु हत्याको आदेश दिएको यो पहिलो पटक होइन। जब मोशा, एक अगमवक्ता र परमेश्‍वरले आफ्ना मानिसहरूलाई बचाउन प्रयोग गर्नुहुने भाँडाको जन्म मिश्रमा भयो, फारोले, विद्रोहको डरमा, त्यहि आदेश दिएका थेए। मोशाकी आमाले उनलाई टोकरीमा लुकाएर नदीमा राखिन्। उनको  दिदीले टाढाबाट पछ्याइन् र पछि उनको भाइलाई फारोकी छोरीले अनौपचारिक रूपमा धर्मपुत्र ग्रहण गरेको देखिन्, जसको काराण मोशा मृत्युदण्डबाट बचे। कति अचम्मको कुरा।

त्यसै गरि, येशू, सबै मानिसहरूको अन्तिम उद्धारकर्ता, हेरोदको मृत्युदण्डबाट बच्नुभयो। यो डरलाग्दो घटनाले वास्तवमा हामीलाई येशू दोस्रो मोशाहुनुहुन्छ भन्ने तथ्यलाई देखाउँदछ। त्यसको मतलब के हो त? उहाँहरूको जीवनमा भएका समानान्तरहरूलाई हेर्नुहोस्:

  • मोशा मिश्रबाट आएका थिए; येशू मिश्रबाट आउनुभयो।
  • मोसाले लाल समुद्र पार गरे; येशूले यर्दन नदीमा बप्तिस्मा लिनुभयो।
  • मोसा र इस्राएलीहरू ४० वर्षसम्म उजाडस्थानमा घुमे; येशूलाई ४० दिनको लागि उजाडस्थानमा लगियो।
  • मोशाले पर्वतमा व्यवस्था पाए; येशूले पर्वतमा व्यवस्था सिकाउनुभयो।
  • मोशालाई परमेश्‍वरले आफ्ना मानिसहरूलाई मिश्रीहरूको दासत्वबाट छुटकारा दिन प्रयोग गर्नुभएको थियो। येशूले, जो परमेश्‍वर मानिसको शरीरमा हुनुहुन्छ, हामीलाई पापको दासत्वबाट छुटकारा दिनुभयो।
  • मोशाले पुरानो करार अन्तर्गत सिकाए र काम गरे; येशूले एउटा नयाँ राज्य र यससँगै नयाँ करारको सुरुवात गर्नुभयो।
  • मोशाले परमेश्‍वरबाट जे सुने त्यहि बताए। येशूले परमेश्‍वर हुनुभएको कारणले सबै अधिकार र शक्तिसंग सिकाउनुभयो।

येशू दोस्रो मोशा मात्र हुनुहुन्थिएन, तर उहाँ उत्तम मोशा हुनुहुन्थ्यो। उहाँले मोशा र उहाँले ल्याउनुभएको व्यवस्थाले कहिल्यै गर्न नसक्ने काम गर्नु भयो - उहाँले हामीलाई पापको दासत्वबाट छुटकारा दिनुभयो।

हामी कसरी पापको दास बन्छाै? पावलले यसलाई यसरी भन्छन्: 

के तिमीहरू जान्‍दैनौ, आज्ञाकारी कमाराको रूपमा आफैलाई जसकहाँ समर्पण गर्छौ, जसको आज्ञा तिमी पालन गर्छौ, त्‍यसको कमारा पनि हुन्‍छौ? कि त मृत्‍युतिर लाने पापको कमारा अथवा धार्मिकतातिर लाने आज्ञाकारिताको? रोमी ६:१६ नेपाली नयाँ संशोधित संस्करण

पापको दासको रूपमा हामी मृत्यु तिर लागेका छौं। तर परमेश्‍वरको उपहार हाम्रो निम्ति यहि हो कि हाम्रा प्रभु येशू ख्रीष्टमा अनन्त जीवन छ। आज हामीले के वा कसलाई पछ्याउने भनेर निर्णय गर्न साक्छाै। हाम्रो आफ्नै पापी इच्छा र गर्वलाई पछ्याउछाै, जसले फारो र हेरोदलाई धकेल्यो? वा हामीलाई दासत्वबाट छुटकारा दिन र कसरी साँच्चै स्वतन्त्र रूपमा परमेश्‍वरको अधीनमा बाँच्न सक्छाै भनेर देखाउन आउनुहुने एकलाई पछ्याउछाै? जो उत्तम मोशा हुनुहुन्छ।

दिन 1दिन 3

यस योजनाको बारेमा

Who Is Jesus? Part 1

येशू को हुनुहुन्छ? अन्तिम प्रश्न यही हो। किनकि यदि येशूले उहाँ जो हुनुहुन्छ भन्नुहुन्छ उहाँ साँच्चै त्यही नै हुनुहुन्छ भने, यसले सबै कुरा परिवर्तन गर्दछ। तर यदि येशूले उहाँ जो हुनुहुन्छ भन्नुहुन्छ उहाँ साँच्चै त्यही हुनुहुन्न भने, यसले पनि सबै कुरा परिवर्तन गर्दछ। मत्तीको सुसमाचार मार्फत यो अन्तिम प्रश्नको उत्तर खोज्‍न हाम्रो यात्राको पहिलो भागमा हामीसँग सामेल हुनुहोस्।

More

हामी life.churchलाई यो योजना उपलब्ध गराइदिनु भएकोमा धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। थप जानकारीको लागि यहाँ जानुहोस्ः https://www.life.church/