येशू को हुनुहुन्छ? भाग १नमूना

एउटै वाक्यमा
अध्याय ७ ले डाँडाको उपदेशको समापन गर्दछ, एक उत्तेजक सन्देश जसमा येशूले हामीलाई परमेश्वरसँगको नयाँ प्रकारको सम्बन्ध देखाउँदै हुनुहुन्छ। जसलाई चिन्ताले होइन तर भरोसाले निश्चित गराउँछ । जुन धार्मिक कार्यहरूमा होइन तर परमेश्वरको सन्तान भएको हेतुले उहाँको परिवारमा समावेश गरिएको आधारमा स्थापित छ । यो एउटा नयाँ पहिचान हो। यो नयाँ पहिचानसँग नयाँ प्रेरणा आउँछ। र नयाँ प्रेरणासँग नयाँ अभ्यासहरू। येशूले यसलाई यसरी व्याख्या गर्नुहुन्छ:
“मानिसहरूले तिमीहरूसँग जस्तो व्यवहार गरून् भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूसँग त्यस्तै व्यवहार गर, किनभने यही नै व्यवस्था र अगमवक्ताका शिक्षाको सारांश हो।” मात्ती ७:१२ नेपाली नयाँ संशोधित संस्करण
कस्तो रोचक कुरा। येशूले व्यवस्था र अगमवक्ताका पुस्तकहरूलाई (जुन लगभग सबै पुरानो करार हो) एउटै वाक्यमा जोड्नुहुन्छ। त्यसको मतलब के हो? येशूले यो भन्दै हुनुहुन्छ कि इस्राएलीहरूलाई पालन गर्न सिकाइएको सबै नियमहरू र अगमवक्ताहरूले ल्याएका परमेश्वरका सबै सन्देशहरूले यो एउटै उद्देश्य पूरा गर्न खोजिरहेका थिए: हामीलाई परमेश्वरले जस्तै अरूहरूलाई प्रेम गर्ने मानिसहरू बन्न सिकाउन। सबै कुरा यस बारेमा नै हो। सबै कुरा यस बारेमा नै थियो।
हामीले निरन्तर उहाँमा आफ्नो पीठ फर्काउने तथ्यको बावजुद, यो परमेश्वरले अथक प्रेम, अनुग्रह र दयाको साथ मानवताको पछि लाग्ने बारेमा हो। हाम्रो लागि उहाँको प्रेम यति तीव्र छ कि उहाँले मानव शरीर धारण गर्नुभयो, क्रूर मृत्यु मर्नुभयो, र हामीलाई उहाँसँग पुनरमिलाप गराउन फेरि उठ्नुभयो। र अब, येशूका चेलाहरूको रूपमा, हामीलाई यस संसारमा त्यस प्रकारको प्रेम प्रतिबिम्बित गर्ने उच्च बोलावट छ। येशूले भन्नुभयो:
“एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिँदछु: तिमीहरू एक-अर्कालाई प्रेम गर। तिमीहरूसँग मैले जस्तो प्रेम गरेको छु, तिमीहरूले पनि एक-अर्कालाई त्यस्तै प्रेम गर। यदि तिमीहरूले एक-अर्कालाई प्रेम गर्यौ भने, यसैबाट सबैले जान्नेछन्, कि तिमीहरू मेरा चेलाहरू हौ।” यूहन्ना १३:३४-३५ नेपाली नयाँ संशोधित संस्करण
संसारले उहाँ को हुनुहुन्छ भनेर हामीले गर्ने प्रेमबाट थाहा पाउनेछन्।
हामीले ध्यान दिनु पर्ने चाखलाग्दो कुरा यो छ, डाँडाको उपदेशको अन्त्यमा मत्तीले हामीलाई बताउँछन् कि येशूको शिक्षाले मात्र होइन, तर उहाँको सिकाउने तरिकाले गर्दा त्यहाँका भीड छक्क परेका थिए। उहाँले त्यस समयका अन्य धार्मिक शिक्षकहरू भन्दा फरक अधिकारका साथ सिकाउनुभयो। परमेश्वरको प्रेम, सम्पूर्ण पुरानो करारको उद्देश्य, र यो सबैमा मानवताको भूमिकाको कुरा गर्दा येशूले कसरी यति धेरै अधिकारका साथ बोल्न सक्नुभयो? किनभने उहाँ परमेश्वर हुनुहुन्छजसले मानव शरीर धारण गर्नुभयो, क्रूर मृत्यु मर्नुभयो, र हामीले जीवन पाउन सकौँ भनेर फेरि उठ्नुभयो। परमेश्वरले हामीलाई सधैँ प्रेम गर्नुभएझैँ अरूलाई प्रेम गर्ने व्यक्ति कस्तो देखिन्छ भनेर हामीलाई बताउनुभयो र आफैले देखाउनु पानी भयो।
अब के छ त? येशू को हुनुहुन्छ भनेर अझै पत्ता लगाउन जारी राखौँ! आज तपाइको साथीहरूसँगयेशू को हुनुहुन्छ? भाग २ सुरु गर्नुहोस्। तपाईँले यसलाई Switch Bible Plan collection मा www.go2.lc/SwitchBiblePlansमा पाउन सक्नुहुन्छ।
धर्मशास्त्र
यस योजनाको बारेमा

येशू को हुनुहुन्छ? अन्तिम प्रश्न यही हो। किनकि यदि येशूले उहाँ जो हुनुहुन्छ भन्नुहुन्छ उहाँ साँच्चै त्यही नै हुनुहुन्छ भने, यसले सबै कुरा परिवर्तन गर्दछ। तर यदि येशूले उहाँ जो हुनुहुन्छ भन्नुहुन्छ उहाँ साँच्चै त्यही हुनुहुन्न भने, यसले पनि सबै कुरा परिवर्तन गर्दछ। मत्तीको सुसमाचार मार्फत यो अन्तिम प्रश्नको उत्तर खोज्न हाम्रो यात्राको पहिलो भागमा हामीसँग सामेल हुनुहोस्।
More