येशू को हुनुहुन्छ? भाग १नमूना

मध्यस्थता गर्ने
के येशूले हाम्रो सङ्घर्ष र कठिनाइहरू बुझ्नुहुन्छ? येशूले हाम्रो सङ्घर्ष र कठिनाइहरू बुझ्नुहुन्छ भन्ने यस प्रश्नको जवाफ यस अध्यायले प्रस्ट रूपमा दिएको छ। येशू मानव शरीरमा परमेश्वर हुनुहुन्थ्यो, उहाँ परीक्षामा पर्नुभयो, उहाँ भोकाउनुभयो, र उहाँले परमेश्वरमा आज्ञाकारि हुने कि आफ्नै इच्छाहरूमा हिँड्ने भनेर छनौट गर्नु परेको थियो। तैपनि उहाँले हरेक पटक सही छनौट गर्नुभयो।
यसैले येशू हाम्रो प्रधान पूजाहारी हुनुहुन्छ। हिब्रूका लेखकले यसरी भन्छन्:
किनकि हाम्रा प्रधान पूजाहारी हाम्रो दुर्बलतामा हामीसँग सहानुभूति देखाउन नसक्ने हुनुहुन्न। तर हामीजस्तै उहाँ सबै कुरामा परीक्षित हुनुभयो, र पनि पापरहित हुनुहुन्थ्यो। हिब्रू ४:१५ नेपाली नयाँ संशोधित संस्करण
प्रधान पुजारी एक जना मानिस थिए जसले मन्दिरको सबैभन्दा पवित्र भागमा प्रवेश गर्न सक्थे, जहाँ परमेश्वरको उपस्थिति रहेको थियो। उनी वर्षमा एक पटक जान्थे र आफ्ना मानिसहरूको तर्फबाट बलिदान चढाउँथे। अनिवार्य रूपमा, उहाँले उनीहरूको पक्षमा परमेश्वरसँग बिन्ती गर्दै उनीहरूको पक्षमा वकालत गर्थे। येशू सिद्ध प्रधान पुजारी हुनुहुन्छ, किनकि सम्पूर्ण इतिहासमा उहाँ मात्र हुनुहुन्छ जसलाई परीक्षामा पर्नु र मानिसको रूपमा दुःख भोग्नु कस्तो हुन्छ भन्ने थाहा थियो र त्यही समयमा उहाँले स्वर्गमा हाम्रो परमेश्वरको पूर्ण पवित्रता र हृदयलाई पूर्ण रूपमा बुझ्नुभएको थियो। उहाँले यी दुवै कुराहरूलाई पूर्ण रूपमा बुझ्नुभएकोले उहाँ हाम्रो र परमेश्वरको बिचमा जाने एक उत्तम मध्यस्थ हुनुहुन्छ।
येशूले हामीले के भोग्छौँ र हामीले कस्ता परीक्षाहरूका सामना गर्छौ भन्ने बुझ्नुहुन्छ। शैतानले येशूलाई गरेको प्रस्तावलाई हामी हेर्न सक्छौ। आराम, सुरक्षा, र प्रभाव। हामीले पछ्याउने चीजहरूको जड कति पटक यी हुन् हैन र? येशूले हामीलाई कसरी स्थिर रहने भनेर देखाउनुभयो, र त्यसका साथै हाम्रा गल्तीहरूको लागि व्यवस्था पनि गर्नुभयो।
उहाँले हाम्रो प्रधान पुजारीको रूपमा बलिदान चढाउनुभयो। त्यो बलिदान उहाँको आफ्नै शरीर थियो, र यो एक मात्र सिद्ध जीवन हो जसले मानवताको पापको लागि प्रतिस्थापन गर्न सक्दथ्यो।
किनभने हामीलाई परमेश्वरकहाँ ल्याउन ख्रीष्ट पनि पापहरूका निम्ति सदाको लागि एक चोटि मर्नुभयो। उहाँ शरीरमा मारिनुभयो— धर्मी जन अधर्मीहरूका निम्ति ... १ पत्रुस ३:१८ नेपाली नयाँ संशोधित संस्करण
त्यसैले येशूकहाँ आउनुहोस्। उहाँलाई तपाईँलाई परमेश्वरको घरमा ल्याउन अनुमति दिनुहोस्। विश्वास गर्नुहोस् कि उहाँले तपाईँले भोग्नु भएको कुरा बुझ्नुहुन्छ र तपाईँलाई ब्रह्माण्डको सृष्टिकर्तासँग सम्बन्धमा रहनको लागि बाटो बनाउनुभएको छ।
धर्मशास्त्र
यस योजनाको बारेमा

येशू को हुनुहुन्छ? अन्तिम प्रश्न यही हो। किनकि यदि येशूले उहाँ जो हुनुहुन्छ भन्नुहुन्छ उहाँ साँच्चै त्यही नै हुनुहुन्छ भने, यसले सबै कुरा परिवर्तन गर्दछ। तर यदि येशूले उहाँ जो हुनुहुन्छ भन्नुहुन्छ उहाँ साँच्चै त्यही हुनुहुन्न भने, यसले पनि सबै कुरा परिवर्तन गर्दछ। मत्तीको सुसमाचार मार्फत यो अन्तिम प्रश्नको उत्तर खोज्न हाम्रो यात्राको पहिलो भागमा हामीसँग सामेल हुनुहोस्।
More