येशू को हुनुहुन्छ? भाग १नमूना

Who Is Jesus? Part 1

दिन 3 को 7

के तपाईँ एउटा झूटको लागि मर्नुहुन्थ्यो?

यस अध्यायमा, परमेश्‍वरले येशू उहाँको प्रिय पुत्र हुनुहुन्छ भनी स्पष्ट रूपमा घोषणा गर्नुहुन्छ। साँचै नै येशूको बप्तिस्मामा स्वर्गबाट ​​एउटा ठूलो आवाजले उहाँको यो सत्यताको बारेमा घोषणा गर्दछ! र हामीले येशूको सेवकाईको अवधिभरि  उहाँको ईश्वरत्वलाई देखाइएको पाउँदछौँ। उनका आमाबाबुलाई उहाँलाई इम्मानुएल भनेर बोलाउन भनिएको थियो, जसको अर्थ हो, "परमेश्‍वर हामीहरूसँग"। जब येशूले चेलाहरूलाई उहाँ को हुनुहुन्छ भनी सोध्नुभयो, पत्रुसले यसरी जवाफ दिए: तपाईँ ख्रीष्‍ट हुनुहुन्छ, जीवित परमेश्‍वरको पुत्र। येशू आफैले पनि आफ्नो बारेमा यो कुरा स्पष्ट पार्नुभयो। उहाँले यसो भन्‍नु भयो: अब्राहामभन्दा पहिले नै उहाँ हुनुहुन्थ्यो, उहाँले पितालाई देख्नुभएको थियो, र उहाँसँग पाप क्षमा गर्ने अधिकार थियो। यी सबै केवल परमेश्‍वरले मात्र गर्न सक्नुहुन्थ्यो!

यो जानकारी त हामीले पायौँ तर अब छै के गर्ने त? हाम्रा परमेश्‍वर मानव अवतार लिएर हाम्रो छरछिमेकमा आउनुभएको छ भनी यूहन्‍नाले भनेको कुरामा विश्वास गर्ने त? 

येशूले गर्नुभएका दाबीहरूको आधारमा हामीसँग यहाँ तीन वटा विकल्पहरू छन्: हामी विश्वास गर्न सक्छौँ कि येशू झूटो हुनुहुन्छ, उहाँ पागल हुनुहुन्छ, वा उहाँ प्रभु हुनुहुन्छ। सि.एस. लुइसले यी विकल्पहरूको छनौटलाई सम्बोधन गर्दै यसो भन्छन्: 

"म यहाँ कसैलाई वास्तवमै मूर्ख कुरा भन्‍नबाट रोक्न कोसिस गर्दै छु जुन कुरा मानिसहरूले प्राय येशूको [Jesus]: बारेमा भन्छन्: म येशूलाई एक महान् नैतिक शिक्षकको रूपमा स्वीकार गर्न तयार छु, तर म उहाँ ईश्वर भएको दाबी स्वीकार गर्दिन। यो चाहिँ हामीले भन्‍न नहुने कुरा हो। यदि एउटा मान्छे छ जो केवल एक मानिस मात्र हो र उसले येशूले भन्नुभएका कुराहरू भन्छ भने, ऊ एउटा ठूलो नैतिक शिक्षक हुन सक्दैन। ऊ या त पागल हुनुपर्छ - त्यो मानिसको स्तरमा जसले आफूलाई उसिनेको अण्डा हु भनी भन्छ - अन्यथा ऊ नरकको शैतान हुनुपर्छ। तपाईँले आफ्नो छनौट गर्नुपर्छ। या त यो मानिस परमेश्‍वरको पुत्र थिए, र हुनुहुन्छ, अन्यथा एक पागल वा अझ केहि खराब। तपाईँले उहाँलाई मूर्खको रूपमा उहाँको मुख बन्द गर्न सक्नुहुन्छ, तपाईँले उहालाई थुक्न सक्नुहुन्छ र उहालाई राक्षसको रूपमा मार्न सक्नुहुन्छ, वा तपाईँ उहाँको पाउमा परेर र उहाँलाई प्रभु र परमेश्‍वर भन्‍न सक्नुहुन्छ, तर हामीले उहाँ एक महान् शिक्षक हुनुहुन्छ भन्‍ने बकवास नगराै। उहाँले हामीलाई यसो भन्‍नको लागि खुला छोड्नु भएको छैन। यो उहाको अभिप्राय थिएन।"

येशू केवल एक महान् शिक्षक मात्र हुन सक्नुहुन्‍न। उहाँ प्रभु हुनुहुन्छ भनी उहाँले दाबी गर्नुभयो । त्यसो भए या त उहाँले झूट बोल्दै हुनुहुन्थ्यो, उहाँ पूर्ण रूपमा पागल हुनुहुन्थ्यो, वा उहाँ सत्य बोल्दै हुनुहुन्थ्यो। त्यसो भए के येशू झूटो हुनुहुन्थ्यो त? एउटा झुटको लागि येशूले भोग्‍नु भएको दुख भोग्‍ने धेरै मानिसहरू छैनन्। उहाँलाई चिन्‍नै नसकिने गरी कुटपिट गरिएको थियो र त्यसपछि आफ्नै रगतमा डुबेर सबैभन्दा भयानक मृत्यु भोग्नुभएको थियो। र यसलाई रोक्नको लागि उहाँले यो एउटा प्रहसन थियो भनी स्वीकार गर्नुपर्थ्यो - तर यदि यो एउटा प्रहसन थिएन भने त यो स्वीकार कसरी गर्ने? त्यसै कारण, येशू झुटो हुनुहुन्थेन। 

त्यसो भए के उहाँ पागल हुनुहुन्थ्यो त? के उनी भ्रममा बाँचिरहेका थिए? मानिसहरूले केही समयको लागि एउटा पागललाई पछ्याउलान् - त्यो केहीका लागि रमाइलो हुनसक्छ। तर केवल मनोरञ्जनको लागि कोही पनि मर्न तयार हुँदैन। येशूका प्रारम्भिक अनुयायीहरू सबैले उहाँ र उहाँको सन्देशप्रतिको आफ्नो वफादारीको लागि अत्यन्तै कष्ट भोगे। कुटपिट गरी झ्यालखानामा फालिएता पनि, उनीहरू ख्रीष्ट—उहाँको मृत्यु र पुनरुत्थानको प्रचार गर्न पछि हटेनन्। होइन, येशू पागल हुनुहुन्थेन। 

अब एउटा विकल्प बाँकी छ: येशू सत्य बोल्दै हुनुहुन्थ्यो। उहाँ हाम्रो प्रभु हुनुहुन्छ ... इम्मानुएल, परमेश्‍वर हामीहरूसँग। त्यसो भए हाम्रो प्रतिक्रिया के हो त? के हामीले येशू को हुनुहुन्छ भन्‍ने प्रश्‍नलाई पत्रुसले जस्तै जवाफ दिन्छौँ?

येशू ख्रीष्‍ट हुनुहुन्छ, जीवित परमेश्‍वरको पुत्र।.

दिन 2दिन 4

यस योजनाको बारेमा

Who Is Jesus? Part 1

येशू को हुनुहुन्छ? अन्तिम प्रश्न यही हो। किनकि यदि येशूले उहाँ जो हुनुहुन्छ भन्नुहुन्छ उहाँ साँच्चै त्यही नै हुनुहुन्छ भने, यसले सबै कुरा परिवर्तन गर्दछ। तर यदि येशूले उहाँ जो हुनुहुन्छ भन्नुहुन्छ उहाँ साँच्चै त्यही हुनुहुन्न भने, यसले पनि सबै कुरा परिवर्तन गर्दछ। मत्तीको सुसमाचार मार्फत यो अन्तिम प्रश्नको उत्तर खोज्‍न हाम्रो यात्राको पहिलो भागमा हामीसँग सामेल हुनुहोस्।

More

हामी life.churchलाई यो योजना उपलब्ध गराइदिनु भएकोमा धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। थप जानकारीको लागि यहाँ जानुहोस्ः https://www.life.church/