येशू को हुनुहुन्छ? भाग १नमूना

लामो समय अगाडी...
"हरेक नामको एउटा कथा छ, र हरेक कथा परमेश्वरको लागि महत्त्वपूर्ण छ।" —पास्टर क्रेग ग्रोशेल
मत्तीको सुसमाचारको लेखामा, हामीले नामहरूको लामो सूची भेट्टाउँछौं। यदि तपाइँ दर्शकहरूको ध्यान खिच्ने प्रयास गर्दै हुनुहुन्छ भने सायद यो सबैभन्दा आकर्षक सुरुवात होइन। तर कल्पना गर्नुहोस् कि तपाइँ आफ्नो मनपर्ने टेलिश्रृङ्खला हेर्नु अघि त्यसको पूर्वदृश्य हेर्दै हुनुहुन्छ। तपाईं त्यो पूर्वदृश्य हेर्न उत्साहित हुनुहुन्छ किनभने त्यसले तपाईंलाई एपिसोडमा प्रकट हुने कथाको लागि तयार गर्दछ। मत्तीका श्रोताहरूलाई हेर्ने हो भने, उनीहरूले पनि यस्तै महसुस गरेका थिए। यी वंशावलीहरूले एउटा व्यक्तिको जीवनको लागि मन्च तयार गर्दछ। र मत्तीले यसलाई अगाडिनै स्पष्ट पार्दछन्: उनले तयारी गर्न लागेको मन्च सामान्य छैन।
अब्राहामका पुत्र, दाऊदका पुत्र, येशू ख्रीष्टको वंशावली:… मत्ती १ः१ नेपाली नयाँ संशोधित संस्करण
ख्रीष्ट, दाऊदका पुत्र, अब्राहामका पुत्र. यो साँच्चै ठूलो कुरा हो। तर यसको मतलब के हो त? मत्तीले किन यी दुई पुर्खाहरूलाई अगाडि राखेका छन्।? यदि हामी हेर्छौ भने, दाऊद इस्राएलको इतिहासमा सबैभन्दा महान् राजा थिए। प्रतिज्ञा गरिएको मसीह आफ्नो सिंहासन सदाको लागि स्थापित गर्ने राजाको रूपमा यही वंशबाट आउनुहुनेछ भनी भविष्यवाणीहरूले स्पष्ट पारेको थियो। र अब्राहाम त झन् मुख्य पात्र हुन्। उहाँ यहूदीहरूका पिता थिए र विश्वास को एक अविश्वसनीय उदाहरण हुन्। यद्यपि अब्राहामको एउटा मात्र छोरा इसहाक थिए, परमेश्वरले उहाँका सन्तानहरूद्वारा पृथ्वीमा भएका सबैलाई आशिष् दिनुहुनेछ भनी प्रतिज्ञा गर्नुभयो। त्यसैले यस पुस्तकको पहिलो पङ्क्तिमा नै हामीले धेरै सन्दर्भहरू र संकेतहरू देख्दछौं जसले येशू को हुनुहुन्छ भनेर संकेत गर्दछ। उहाँ परमेश्वरका प्रतिज्ञाहरूको पूर्नता हुनुहुन्छ।
तर रोचक कुरा यो छ कि मत्तीले येशू ख्रीष्टको वंशावली त्यहीँ समाप्त गरेनन्। उनले येशूको वंशावलीमा भएका महान् काम गरेकाहरूलाई मात्र होइन तर काम बिगार्नेहरूलाई पनि सूचीबद्ध गर्दछन्।
उनले राहाब र तामारलाई उल्लेख गरेका छन्, जसले वेश्याको भूमिका खेले। एउटी आफ्नै उद्देश्य पूरा गर्नको निम्ति नक्कल गरिन; एउटी चाहिँ वास्तवमा वेश्या थिइन. एक छिन है त। के तपाइले केही याद गर्नु भयो? येशूको वंशावलीमा साँच्चै एक वेश्या छन्। ल, अगाडि बढौँ त्यसपछि आफ्नो भाइबाट ज्येष्ठ-अधिकार चोर्ने छली याकूब छन्। अनि मनश्शे, इस्राएलका धेरै राजाहरू मध्ये एक जसले परमप्रभुको नजरमा खराब काम गरे, विशेष गरी मूर्तिपूजक देवताहरूको पूजाको लागि बलिदान स्थलहरू स्थापना गरेर।
एक छिन यसको बारेमा सोच्नुहोस्। कति अचम्मको कुरा कि येशू, हाम्रो मुक्तिदाता, यस्तो बिग्रिएको परिवारबाट आउनुभयो। यसले यो देखाउँदछ कि तपाईंले जे गरेता पनि, तपाइले जस्तो काम बिगारेता पनि, वा जति मनको बोझ लिएर हिँड्नु भएता पनि, तपाईलाई परमेश्वरको परिवारमा स्वागत छ। हामीले यहाँ नाम लिएका मानिसहरूले कुनै न कुनै रूपमा काम बिगारेका थिए तर परमेश्वरले उनीहरूलाई मानवतालाई बचाउन र सृष्टिलाई पुनर्स्थापना गर्नको लागि उहाँको उद्धारको योजनाको निम्ति रोज्नुभयो। र आज येशूको कारणले हामीलाई पनि त्यही निमन्त्रणा दिइएको छ।
यस योजनाको बारेमा

येशू को हुनुहुन्छ? अन्तिम प्रश्न यही हो। किनकि यदि येशूले उहाँ जो हुनुहुन्छ भन्नुहुन्छ उहाँ साँच्चै त्यही नै हुनुहुन्छ भने, यसले सबै कुरा परिवर्तन गर्दछ। तर यदि येशूले उहाँ जो हुनुहुन्छ भन्नुहुन्छ उहाँ साँच्चै त्यही हुनुहुन्न भने, यसले पनि सबै कुरा परिवर्तन गर्दछ। मत्तीको सुसमाचार मार्फत यो अन्तिम प्रश्नको उत्तर खोज्न हाम्रो यात्राको पहिलो भागमा हामीसँग सामेल हुनुहोस्।
More