YouVersion Logo
Search Icon

भजनसंग्रह 142

142
भजन 142
दावीदको मस्किल;#142:0 शीर्षक: सम्भवतः एक साहित्यिक वा साङ्गीतिक शब्द। गुफामा हुँदा उनको प्रार्थना।
1उच्‍च सोरले म याहवेहलाई पुकार्दछु;
दयाको निम्ति याहवेहमा म आफ्नो आवाज उचाल्छु।
2उहाँको सामु म आफ्नो उजुर पोख्दछु;
उहाँको सामु म आफ्नो पीडा प्रकट गर्दछु।
3मेरो आत्मा मभित्र व्याकुल हुँदा,
त्यो तपाईं नै हुनुहुन्छ, जसले मेरो मार्ग जान्‍नुहुन्छ।
म हिँड्ने मार्गमा
मानिसहरूले मेरो निम्ति पासो थापेका छन्।
4मेरो दाहिने हातपट्टि हेर्नुहोस्;
कसैलाई मेरो वास्ता छैन।
मेरो शरणस्थान कहीँ छैन;
कसैले मेरो जीवनको वास्ता गर्दैन।
5हे याहवेह, म तपाईंलाई पुकार गर्छु;
म भन्दछु, “तपाईं मेरो शरणस्थान हुनुहुन्छ,
अनि जीवितहरूका देशमा मेरो भाग हुनुहुन्छ।”
6मेरो पुकार सुनिदिनुहोस्;
किनकि म ज्यादै नम्र भएको छु;
मलाई खेद्नेहरूबाट मलाई बचाउनुहोस्;
किनकि तिनीहरू मभन्दा धेरै बलिया छन्।
7मेरो कैदबाट मलाई छुटाउनुहोस्;
ताकि म तपाईंको नामको प्रशंसा गर्न सकूँ।
म प्रतिको तपाईंको भलाइको कारण,
धर्मीहरू मेरा चारैतिर भेला हुनेछन्।

Highlight

Copy

Compare

Share

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

Videos for भजनसंग्रह 142