YouVersion Logo
Search Icon

भजनसंग्रह 141

141
भजन 141
दावीदको भजन।
1हे याहवेह, म तपाईंलाई पुकार्छु, तपाईं चाँडै मकहाँ आउनुहोस्;
जब म तपाईंलाई पुकार्छु, मलाई सुनिदिनुहोस्!
2मेरो प्रार्थना तपाईंको सामु सुगन्धित धूपजस्तै होस्;
र मैले आफ्ना हातहरू उचाल्दा, बेलुकीको त्यस बलिदानजस्तै ठहरिओस्!
3हे याहवेह, मेरो मुखमा एउटा पाले राखिदिनुहोस्;
मेरा ओठहरूको ढोकामाथि रखवाली गरिदिनुहोस्!
4मेरो हृदय खराब कुरातिर आकर्षित नहोस्;
ताकि अधर्मीहरूका दुष्कर्ममा म कुनै भाग नलिऊँ;
साथै ती कुकर्मीहरूसित मिलेर
मैले तिनीहरूको स्वादिष्‍ठ भोजन खान नपरोस्!
5धर्मी जनले मलाई हिर्काऊन्, त्यो त मेरो निम्ति दया हुनेछ;
तिनले मलाई हप्काऊन्, त्योचाहिँ मेरो शिरको निम्ति तेल हुनेछ।
मेरो शिरले त्यसलाई इन्कार गर्नेछैन;
किनभने मेरो प्रार्थना सधैँ कुकर्मीहरूका कामको विरुद्ध हुन्छ।
6तिनीहरूका शासक भिरबाट तल खसालिनेछन्,
र दुष्‍टहरूले जान्‍नेछन् कि, मेरा वचनहरू ठिक थिए।
7तिनीहरूले भन्‍नेछन्, “जसरी हलो जोत्नेले जमिन जोतेर फुटाउँछ,
त्यसरी नै हाम्रा हाडहरू चिहानका मुखमा छरिएका छन्।”
8हे याहवेह प्रभु, मेरा आँखा तपाईंतिरै रहन्छन्;
म तपाईंमा शरण लिन्छु; मेरो जीवन मृत्युलाई नदिनुहोस्!
9कुकर्मीहरूले मेरा निम्ति थापेको धरापबाट,
तिनीहरूले थापेका पासोबाट मलाई रक्षा गर्नुहोस्!
10म सकुशल उम्कँदा,
दुष्‍टहरूचाहिँ तिनीहरूका आफ्नै जालमा फसून्।

Highlight

Copy

Compare

Share

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

Videos for भजनसंग्रह 141