भजनसंग्रह 137
137
1हामी बाबेल नदीहरूका किनारमा बसेर
सियोनलाई सम्झेर रोयौं।
2हामीले हाम्रा वीणाहरू छेउमा भएको बेंसीको रूखहरूमा झुण्डाएर राख्यौ।
3बाबेलमा जसले हामीलाई पक्रेर राखे उनीहरूले नै गीत गाउनु भने।
तिनीहरूले हामीलाई खुशीका गीतहरू गाउन भने,
तिनीहरूले हामीलाई सियोनको बारेमा गीतहरू गाउनु भने।
4तर कसरी विदेशमा हामीहरू
परमप्रभुका गीतहरू गाउन सक्छौं?
5हे यरूशलेम, यदि मैले तिमीलाई बिर्सेको भए,
मैले कहिल्यै फेरि दाहिने हातले वीणा बजाउनु बिर्सिने थिएँ।
6यरूशलेम यदि मैले तिमीलाई भुलेको भए,
तब म भरोसा गर्छु फेरि कहिल्यै गाँउने थिईन।
म कसम खाँन्छु, म तिमीलाई कहिलै भुल्ने छैन।
7म कसम खाँन्छु यरूशलेम सधैँ मेरो महान् आनन्द हुनेछ।
हे परमप्रभु, एदोमीहरूले के काम गरे, याद गर्नुहोस्।
तिनीहरूले चिच्यए, “पूर्णरूपले विध्वंश पार,
त्यसको जगसम्मै पूर्णरूपले विध्वंश गर।”
8हे बेबिलोन, तिमी नाश हुनेछौ!
त्यस मानिसलाई धन्यवाद देऊ जसले तिमीलाई दण्ड दिन्छ,
जुन दण्डको निम्ति तिमी योग्य थियौ।
9त्यस मानिसलाई धन्यवाद देऊ जसले तिम्रा शिशुहरू समाते,
र तिनीहरूलाई ढुङ्गामा थेचारे।
Currently Selected:
भजनसंग्रह 137: NERV
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International