YouVersion Logo
Search Icon

यशैयाको पुस्तक 21

21
बाबेललाई परमेश्वरको सन्देश
1“मरुभूमिको समुद्रको” बारेमा दु:खको सन्देश मरुभूमिबाट केही आइरहेछ,
यो नेगेवबाट बहेको हावा जस्तै आइरहेछ,
यो भयानक देशबाट आइरहेछ।
2मैले केही भयानक कुरा देखेकोछु जुन हुने वाला छ।
मैले तिम्रो विरूद्धमा उठेका देशद्रोहीहरू देखेकोछु।
तिम्रा सम्पत्तिहरू लुट्ने मानिसहरू देख्छु।
एलाम, जाऊ अनि तिनीहरूका विरूद्ध युद्ध गर,
मादी शहरका वरिपरि तिम्रा सैनिकहरू तैनात गर
म त्यस शहरमा नराम्रो कार्यहरू समाप्त गर्न चाहन्छु।
3मैले त्यस्ता भयानक कुराहरू देखें,
अनि अहिले म डराएँ। डरले गर्दा मेरो भूडी दु:ख्छ।
त्यो पीडा स्त्री जातिलाई हुने नानी जन्माउने बेला भएकी प्रसव पीडा जस्तो छ।
जुन कुरा मैले सुनें त्यसले मलाई एकदम भयभीत पार्यो।
जुन कुरा मैले देखें त्यसले मलाई डरले थर-थर कमायो।
4मेरो मनोरम साँझ डरलाग्दो रातमा परिणत भयो
किनभने त्रासले ममाथि विजय प्राप्त गर्यो।
5मानिसहरू सोच्दछन् कि प्रत्येक कुरो ठीक छ।
मानिसहरू रात्री भोजनको लागि टेबल ठीक पार्दैछन्।
सैनिकहरू पनि भन्दैछन्,
“रक्षकहरू पठाऊ।
अधिकारीहरू उठ!
अनि आफ्नो ढाल चम्काऊ।”
6मेरो मालिकले मलाई भन्नुभयो, “जाऊ, यस शहरलाई सुरक्षित राख्न एकजना मानिस खोज। उसले जे देख्छ विवरण प्रस्तुत गर्नै पर्छ। 7यदि प्रहरीले घोडचडी सिपाहीहरूका लहर, गधाहरूको र ऊँटहरूको लहर देख्यो भने, उसले एकदमै होशीयारी साथ कान थाप्नु पर्दछ।”
8तब एकदिन त्यस रक्षकले यसो भन्दै बोलाउने छ,
“मेरा मालिक, धरहरामाथि हुनु भएकाले म प्रत्येक दिन नै नियाली रहेकोछु।
म प्रत्येक रात उभिएर पहरा दिइरहेकोछु।
9हेर! तिनीहरू आइरहे छन्!
मानिसहरूका लस्कर र घोडचडी सिपाहीहरूका लस्कर म देख्छु।”
तब एउटा सन्देशवाहकले भन्यो,
“बाबेल पराजित भयो।
बाबेलको पतन भयो।
उसका सारा झूटा देवताका मूर्तिहरू
भूईंमा बजार्दै फ्याँकिए अनि ती सबै टुक्रा-टुक्रा भए।”
10“मेरा मानिसहरू तिमीहरूलाई मैले भनिसकेको छु सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वरबाट मैले सुनिसकेकोछु। जाँतोले गहुँ पिंधे जस्तै तिमीहरू पनि पिधिंनेछौ।”
दूमालाई परमेश्वरको सन्देश
11दूमाबारे एक दु:खको सन्देश:
कसैले मलाई एदोम देखि डाक्यो,
“हे प्रहरी, रात अझ कति बाँकी छ?
कहिले सम्म बस्नु पर्ने हो!”
12प्रहरीले जवाफ दिन्छ,
“बिहान हुँदैछ तर फेरि रात आउने नै हो।
यदि तिमीलाई केही सोध्नु छ भने
फर्केर आऊ र सोध।”
अरबयालाई परमेश्वरको सन्देश
13अरब बारे एउटा शोक सन्देश:
ददानका मरुभूमिका यात्री समूहले!
अरब मरुभूमिको रूखहरूमाझ रात बिताए।
14तेमाका मानिसहरू तिमीहरूले
तिर्खाको केही यात्रीहरूलाई पानी अनि भोजन दियौ।
15ती मानिसहरू जो मारिनलाई तयार थिए
तरवारबाट भागि रहेका थिए।
तिनीहरू धनुबाट भागि रहेका थिए।
जो छोडिनलाई तयार थिए,
तिनीहरू कठिन साथ युद्ध भूमिबाट भागिरहेका थिए।
16परमप्रभु, मेरो मालिक, ती हुने कुराहरू मलाई बताउनु भयो। परमप्रभुले भन्नुभयो, “एक बर्ष भित्रमा ज्यालामा काम गर्ने नोकरले समय गने जस्तै केदारको सम्पूर्ण गौरव जानेछ। 17त्यस समयमा केदारका केही धनुर्धारी, महान सेनाहरू मात्र त्यहाँ रहनेछन्।” परमप्रभु, इस्राएलका परमेश्वरले ती कुराहरू मलाई बताउनु भयो।

Highlight

Share

Compare

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

Videos for यशैयाको पुस्तक 21