YouVersion Logo
Search Icon

श्रेष्‍ठगीत 3

3
1हरेक रात सुत्‍दा,
मैले मेरा प्रियतमलाई सपनामा देख्‍थें,
मैले उनलाई खोज्‍दथें तर भेट्टाउँदैनथें।
2मैले सहर चाहारेर हेरें, त्‍यसका गल्‍ली र चोकतिर चाहारें।
मैले मेरा प्रियतमलाई खोजें तर उनलाई भेट्टाइनँ।
3सहरमा गस्‍ती लाउने प्रहरीहरूले मलाई देखे।
मैले तिनीहरूलाई सोधें, “के तपाईंहरूले मेरा प्रियतमलाई देख्‍नुभयो?”
4तिनीहरूलाई छोडेर केही हिंडेको मात्र थिएँ
मैले मेरा प्रियतमलाई भेटें।
मैले उनलाई समातें,
मेरी आमाको घरमा, अँ, म जन्‍मेको कोठामा नपुर्‍याएसम्‍म मैले उनलाई छोडिनँ।
5हे यरूशलेमका स्‍त्रीहरू हो! मसँग वाचा बाँध,
मृग र हरिणीका नाममा शपथ
खाएर भन
कि हाम्रा गहिरो प्रेममा हामीलाई बाधा नदेओ।
तेस्रो गीत
स्‍त्री:
6व्‍यापारीहरूले बेचेका धूपझैँ
धूप र मूर्रका सुगन्‍धले भरिएको
मरु-भूमिबाट आउने यो धुवाँको मुस्‍लोजस्‍तो के हो?
7राजाका पालकीमा चढेका सोलोमन आउँदै छन्,
साठी जना इस्राएलका सबैभन्दा असल योद्धाहरूका अङ्ग-रक्षकको झुण्‍ड उनीसित आएका छन्।
8तिनीहरू सबै तरवार चलाउन सिपालु छन्,
लडाइँमा परिपक्‍व भएका लडाकाहरू हुन्।
हरेकको हातमा तरवार छ
र राती हमला हुन्‍छ कि भनी पहरा दिंदै छन्।
9सोलोमन राजाले लेबनानको काठले
आफ्‍नो पालकी बनाएका हुन्।
10पालकीका खम्‍बाहरू चाँदीले मोहोरेका छन्
र अडेस लाग्‍ने ठाउँ सुनले बनिएको छ।
त्‍यसका बस्‍ने आसन यरूशलेमका स्‍त्रीहरूले
प्रेमसाथ बुनेका बैजनी लुगाले ढाकिएको छ।
11हे सियोनका स्‍त्रीहरू हो,
आओ र सोलोमन राजालाई हेर।
उनकी आमाले उनका विवाहको दिन, आनन्‍द र हर्षको दिन,
उनलाई लाइदिएको मुकुट उनको शिरमा छ।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in