श्रेष्ठगीत 4
4
पुरुष:
1मेरी प्रियतमा, तिमी कति सुन्दरी छ्यौ!
घुम्टोभित्र तिम्रो आँखा ढुकुरझैँ छ।
गिलादका डाँडामा बाख्राको बथान ओह्रालो उफ्रँदै झरेझैँ
तिम्रो केश नाचिरहेको छ।
2भर्खरै ऊन कत्रेर नुहाएका भेडाहरूझैँ
तिम्रा दाँतहरू सेता छन्।
ती पूर्ण छन्
र सबै खुब मिलेका छन्।
3तिम्रा ओठ राता रिबनझैँ छन्,
तिमी बोल्दा ती कति सुन्दर देखिन्छन्।
घुम्टोभित्र तिम्रा गाला चम्केका छन्।
4तिम्रो गला दाऊदको धरहराझैँ
गोलो र चिल्लो छ।
गलामा एउटा हार छ,
जो हजार वटा ढाल झुण्ड्याएझैँ देखिन्छ।
5मृगका दुई पाठा लिली-फूलका बीचमा चरेझैँ
तिम्रा दुई स्तन देखिन्छन्।
6बिहानको बतास नचलेसम्म,
अँध्यारो नहटेसम्म
म मूर्रको पहाडमा, सुगन्ध धूप भएको डाँडामा पर्खनेछु।
7तिमी कति सुन्दरी छ्यौ, मेरी प्रियतमा,
तिमी केही कलङ्क नभएकी सुन्दरी!
8मेरी दुलही, लेबनानबाट,
लेबनानका पर्वतबाट, मसँग आऊ,
अमाना पर्वतको टाकुराबाट,
सिंह र चितुवा बस्ने सेनीर र हेर्मोन डाँडाबाट तिमी झरेर आऊ।
9हे मेरी प्रियतम, मेरी दुलही,
तिम्रा आँखाको एक झलक र
तिम्रो गलाको रत्नहारले
मेरो हृदय मोहित पारेको छ।
10हे मेरी प्रियतम र दुलही,
तिम्रो प्रेममा म आनन्द पाउँदछु,
तिम्रो प्रेम दाखमद्यभन्दा मीठो छ,
तिम्रो अत्तर सबै मसलाभन्दा अझ धेरै सुगन्धित छ।
11मेरी प्रियतमा, तिम्रा ओठ महझैँ मीठा छन्,
तिम्रो जिब्रो मेरो निम्ति मह र दूधझैँ मीठो छ।
तिम्रो वस्त्रमा लेबनानको सुगन्ध भरिएको छ।
12मेरी प्रियतमा, मेरी दुलही
पर्खालले घेरेको बगैँचा
र कसैको निजी फोहोराजस्तै हो,
13जहाँ फलका बोटहरू प्रशस्त फुल्छन्-फल्छन्,
ती अनारका बगैंचामा फल फलेझैँ सप्रन्छन्
र असल फलहरू फल्दछन्।
नङमा लाउने रङ्ग, जटामसी,
14केशर, बोझो, दालचीनी
र हरेक प्रकारको धूपको केही कमी छैन।
त्यहाँ मूर्र र घिउ-कुमारी,
सबै किसिमका सुगन्धित बोटहरूसमेत उम्रन्छन्।
15मूल फुटेर निस्केका र खोलाका पानीले
र लेबनानका डाँडाबाट झर्ने पानीका धारले
त्यस बगैँचालाई भिजाउँदछ।
स्त्री:
16हे उत्तरी बतास, उठ्,
हे दक्षिणी बतास, मेरो बगैंचामा बह
र बतासमा सुगन्ध भरिदे।
मेरा प्रियतम, आफ्ना बगैंचामा आऊन्!
र असलभन्दा असल फलहरू खाऊन्!
Currently Selected:
श्रेष्ठगीत 4: सरल नेपाली
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
श्रेष्ठगीत 4
4
पुरुष:
1मेरी प्रियतमा, तिमी कति सुन्दरी छ्यौ!
घुम्टोभित्र तिम्रो आँखा ढुकुरझैँ छ।
गिलादका डाँडामा बाख्राको बथान ओह्रालो उफ्रँदै झरेझैँ
तिम्रो केश नाचिरहेको छ।
2भर्खरै ऊन कत्रेर नुहाएका भेडाहरूझैँ
तिम्रा दाँतहरू सेता छन्।
ती पूर्ण छन्
र सबै खुब मिलेका छन्।
3तिम्रा ओठ राता रिबनझैँ छन्,
तिमी बोल्दा ती कति सुन्दर देखिन्छन्।
घुम्टोभित्र तिम्रा गाला चम्केका छन्।
4तिम्रो गला दाऊदको धरहराझैँ
गोलो र चिल्लो छ।
गलामा एउटा हार छ,
जो हजार वटा ढाल झुण्ड्याएझैँ देखिन्छ।
5मृगका दुई पाठा लिली-फूलका बीचमा चरेझैँ
तिम्रा दुई स्तन देखिन्छन्।
6बिहानको बतास नचलेसम्म,
अँध्यारो नहटेसम्म
म मूर्रको पहाडमा, सुगन्ध धूप भएको डाँडामा पर्खनेछु।
7तिमी कति सुन्दरी छ्यौ, मेरी प्रियतमा,
तिमी केही कलङ्क नभएकी सुन्दरी!
8मेरी दुलही, लेबनानबाट,
लेबनानका पर्वतबाट, मसँग आऊ,
अमाना पर्वतको टाकुराबाट,
सिंह र चितुवा बस्ने सेनीर र हेर्मोन डाँडाबाट तिमी झरेर आऊ।
9हे मेरी प्रियतम, मेरी दुलही,
तिम्रा आँखाको एक झलक र
तिम्रो गलाको रत्नहारले
मेरो हृदय मोहित पारेको छ।
10हे मेरी प्रियतम र दुलही,
तिम्रो प्रेममा म आनन्द पाउँदछु,
तिम्रो प्रेम दाखमद्यभन्दा मीठो छ,
तिम्रो अत्तर सबै मसलाभन्दा अझ धेरै सुगन्धित छ।
11मेरी प्रियतमा, तिम्रा ओठ महझैँ मीठा छन्,
तिम्रो जिब्रो मेरो निम्ति मह र दूधझैँ मीठो छ।
तिम्रो वस्त्रमा लेबनानको सुगन्ध भरिएको छ।
12मेरी प्रियतमा, मेरी दुलही
पर्खालले घेरेको बगैँचा
र कसैको निजी फोहोराजस्तै हो,
13जहाँ फलका बोटहरू प्रशस्त फुल्छन्-फल्छन्,
ती अनारका बगैंचामा फल फलेझैँ सप्रन्छन्
र असल फलहरू फल्दछन्।
नङमा लाउने रङ्ग, जटामसी,
14केशर, बोझो, दालचीनी
र हरेक प्रकारको धूपको केही कमी छैन।
त्यहाँ मूर्र र घिउ-कुमारी,
सबै किसिमका सुगन्धित बोटहरूसमेत उम्रन्छन्।
15मूल फुटेर निस्केका र खोलाका पानीले
र लेबनानका डाँडाबाट झर्ने पानीका धारले
त्यस बगैँचालाई भिजाउँदछ।
स्त्री:
16हे उत्तरी बतास, उठ्,
हे दक्षिणी बतास, मेरो बगैंचामा बह
र बतासमा सुगन्ध भरिदे।
मेरा प्रियतम, आफ्ना बगैंचामा आऊन्!
र असलभन्दा असल फलहरू खाऊन्!
Currently Selected:
:
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.