YouVersion Logo
Search Icon

श्रेष्‍ठगीत 2

2
1म त शारोनको गुलाफ फूल हुँ,
बेसी बीचको लिली फूल हुँ।
पुरुष:
2काँडाका बीचमा उम्रेको लिली फूलझैँ
स्‍त्रीहरूका बीचमा मेरी प्रियतम छिन्।
स्‍त्री:
3जङ्गली रूखहरूका बीचमा एउटा स्‍याउको रूखझैँ
पुरुषहरूका बीचमा मेरा प्रियतम छन्।
त्‍यसको छायामुनि बस्‍न मलाई आनन्‍द लाग्‍छ
र त्‍यसका फल मलाई औधी मीठो लाग्‍दछ।
4उनले मलाई आफ्‍नो भोजन-गृहमा लगे
र ममाथि प्रेमको झन्‍डा लगाए।
5किसमिसले मेरो बल नयाँ गरिदेऊ,
स्‍याउले मलाई ताजा बनाइदेऊ।
म प्रेमले कमजोर भएको छु।
6उनको देब्रे हात मेरो शिरमुनि छ
र दाहिने हातले मलाई मुसार्दछ।
7हे यरूशलेमका स्‍त्रीहरू हो! मसँग वाचा बाँध,
मृग र हरिणीका नाममा शपथ
खाएर भन
कि हाम्रो गहिरो प्रेममा हामीलाई बाधा नदेओ।
दोस्रो गीत
स्‍त्री:
8म मेरा प्रियतमको सोर सुन्‍दछु,
पर्वतहरूमाथि दगुर्दै, उफ्रँदै र
डाँडाहरू पार गर्दै
मेरा प्रियतम मकहाँ आउँदछन्।
9मेरा प्रियतम फुर्तिलो मृगझैँ,
जवान जरायोझैँ छन्।
उनी पर्खालछेउ उभिएका छन्,
झ्‍यालबाट हेर्छन्
र आँखी-झ्‍यालबाट चियाउँछन्।
10मेरा प्रियतमले मसित बात गर्छन्।
पुरुष:
मेरी प्रियतमा, आऊ,
मेरी प्रिये, मसित आऊ।
11हिउँद बित्‍यो, वर्षा सकियो,
12गाउँ-बस्‍तीमा फूलहरू फुलेका छन्,
गीत गाउने समय यही हो,
खेतबारीमा ढुकुरहरू कुर्लेका सुनिन्‍छन्।
13नेभारा पाक्‍न लागेका छन्,
हावा दाखका फूलका सुबास्‍नाले भरिएको छ।
मेरी प्रियतमा, आऊ,
मेरी प्रिये, मसित आऊ।
14चट्टान चर्केर चिरा पारेका ठाउँमा
लुकेको ढुकुरजस्‍ती तिमी छ्यौ,
मलाई तिम्रो सुन्‍दर अनुहार देखाइदेऊ,
तिम्रो मधुर सोर सुनाइदेऊ!
15दाखका फूल फुलेका समयमा
हाम्रो दाखबारी बिगार्नुअघि नै
ती स-साना स्‍यालहरूलाई समात।
स्‍त्री:
16मेरा प्रियतम मेरै हुन्
र म उनकी हुँ।
उनले लिली फूलहरूबीच आफ्‍ना भेडा-बाख्रा चराउँदछन्,
17बिहानको बतास नचलेसम्‍म
र अँध्‍यारो नहुञ्‍जेलसम्‍म।
ए मेरी प्रियतम, फर्केर आऊ,
बेतेरका पर्वतमा जरायो र मृग फर्किगएझैँ
तिमी पनि फर्किआऊ।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in