रोमी 10:13-17
रोमी 10:13-17 सरल नेपाली
धर्मशास्त्रले भन्छ, “प्रभुको नामलाई पुकार्ने सबै बचाइनेछन्,।” तर उहाँमा विश्वास नगरी कसरी उहाँलाई पुकार्ने? उहाँको बारेमा नसुनीकन कसरी उहाँमा विश्वास गर्ने? उहाँको बारेमा कसैले नसुनाई कसरी उहाँको बारेमा सुन्ने? सुनाउने मानिस नपठाई कसरी सुनाउने? धर्मशास्त्रले भन्छ, “सुसमाचार सुनाउनेहरू आउँदा कति आनन्दको कुरो हो।” तर सुन्नेहरू धेरैले चाहिँ सुसमाचारको वास्तै गरेनन्। अगमवक्ता यशैया भन्छन्, “प्रभु, हामीले भनेका कुरा कसले पो विश्वास गर्यो र?” यो हामीलाई थाहा छ, विश्वासचाहिँ सुनेर आउँछ र सुन्ने कामचाहिँ ख्रीष्टको प्रचारबाट हुन्छ।